बिहीबार, फागुन २८, २०८२

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

मेरोन्यूज २०८२ फागुन २८ गते ११:१२

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा दुई हजार रुपैयाँले घटेर तीन लाख १७ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

Advertisement
nepal life insurencenepal life insurence

बुधबार सुन तोलामा तीन लाख १९ हजार रुपैयाँमा कायम भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा २०५ रुपैयाँले घटेर पाँच हजार ५१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी तोलामा पाँच हजार ७२० रुपैयाँमा कारोबार भएको थियो  ।

प्रतिक्रिया