गोरखाका स्थानीय तहलाई स्वास्थ्य सामग्री हस्तान्तरण

गोरखा । गोरखा जिल्लाका स्थानीय तहलाई कोरोना संक्रमणको रोकथाम र न्यूनीकरणमा सहयोग पुर्याउन आठ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराइएको छ । विदेशमा कर्मथलो बनाएका गोर्खालीले जिल्लाका ११ वटै स्थानीय तहलाई स्वास्थ्य सामग्री उपलब्ध गराएको बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष बिष्णुप्रसाद भट्टले जानकारी दिए ।
ग्लोबल गोरखा समाज र गोरखा समाज जापानले उपलब्ध गराएको स्वास्थ्य सामग्री गोरखा नगरपालिकामा आज आयोजित कार्यक्रममा हस्तान्तरण गरिएको उनले बताए । हस्तान्तरित सामग्रीमा मास्क सहित एन्टिजेन किट, अक्सिमिटर लगायतका सामग्री रहेका छन् । समाजका अध्यक्ष बिनय अधिकारीले भने, “ संक्रमण बढी फैलिएको स्थानीय तहमा बढी र कम सङ्क्रमण भएका स्थानीय तहमा कम स्वास्थ्य सामग्री दिइएको छ ।”
सामग्री उपलब्ध गराउन समाज जापानका अध्यक्ष सिएम भट्टराई लगायतको महत्वपूर्ण भूमिका रहेको छ । रासस
















स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
सेना, कर्मचारी र अन्तर्राष्ट्रिय समुदायसँग हाम्रो सम्बन्ध मित्रवत नै छ : एमाले
एमालेले दियो प्रधानमन्त्री बालेनलाई औपचारिक बधाई
इरानद्वारा दोस्रो अमेरिकी एफ-३५ लडाकू विमान खसालेको दाबी
संसद् सचिवालयमा सर्वदलीय बैठक
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
आजको मौसमःपहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
प्रतिक्रिया