गोरखाका स्थानीय तहलाई स्वास्थ्य सामग्री हस्तान्तरण

गोरखा । गोरखा जिल्लाका स्थानीय तहलाई कोरोना संक्रमणको रोकथाम र न्यूनीकरणमा सहयोग पुर्याउन आठ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराइएको छ । विदेशमा कर्मथलो बनाएका गोर्खालीले जिल्लाका ११ वटै स्थानीय तहलाई स्वास्थ्य सामग्री उपलब्ध गराएको बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष बिष्णुप्रसाद भट्टले जानकारी दिए ।
ग्लोबल गोरखा समाज र गोरखा समाज जापानले उपलब्ध गराएको स्वास्थ्य सामग्री गोरखा नगरपालिकामा आज आयोजित कार्यक्रममा हस्तान्तरण गरिएको उनले बताए । हस्तान्तरित सामग्रीमा मास्क सहित एन्टिजेन किट, अक्सिमिटर लगायतका सामग्री रहेका छन् । समाजका अध्यक्ष बिनय अधिकारीले भने, “ संक्रमण बढी फैलिएको स्थानीय तहमा बढी र कम सङ्क्रमण भएका स्थानीय तहमा कम स्वास्थ्य सामग्री दिइएको छ ।”
सामग्री उपलब्ध गराउन समाज जापानका अध्यक्ष सिएम भट्टराई लगायतको महत्वपूर्ण भूमिका रहेको छ । रासस













कुलमान, रवि र बालेन एउटै दल भएर चुनाव लड्ने सहमति
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
नेपाली कम्युनिष्ट पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकता
९ दलले बुझाए समानुपातिकको सूची
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
प्रतिक्रिया