कैलालीमा कोरोना संक्रमितको वृद्धि
मेरोन्यूज
२०७८ जेठ ८ गते १८:०५

कैलाली । कैलालीमा दोस्रो लहरको कोभिड–१९ बाट संक्रमित र मृत्यु हुने सङ्ख्यामा वृद्धि हुँदै गएको छ । पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालमा एक हजार एकमा नमूना परीक्षण गर्दा पाँच सय ३८ मा भाइरस पुष्टि भएको छ ।
अस्पतालमा शुक्रबार दुई सय २९ र बिहीबार चार सय ६४ मा संक्रमण पुष्टि भएको सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार २४ घण्टाको अवधिमा अस्पतालतमा तीन र गोदावरी नगरपालिकामा चार संक्रमितको निधन भएको थियो । मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका– ८ का ५८ वर्षीय पुरुष, धनगढी– २ का ६५ वर्षीय पुरुष, धनगढी– १२ का ४२ वर्षीय पुरुष र गोदावरी – ४ का ३५ वर्षीय पुरुष रहेका छन् ।
अस्पतलामा मात्रै हालसम्म एक सय ४५ को मृत्यु भइसकेको अस्पतालले जनाएको छ । अस्पतालमा हाल एक सय तीन संक्रमित उपचाररत् छन् । रासस
सम्बन्धित












तेक्वान्दो टोली चीन प्रस्थान
जस्मिन पेन्ट्सको विशेष अफर सम्पन्न, नेपालगञ्जकी बूढाले जितिन् जापान भ्रमणको अवसर
बुढानीलकण्ठमा मोटरसाइकल दुर्घटनामा घाइते भएका युवकको मृत्यु
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
फेरि संवादमा जुटे बालेन र कुलमान
निर्वाचन आयोगद्वारा अन्तिम मतदाता नामावली सूची प्रकाशित
प्रतिनिधिसभा निर्वाचन : आज र भोलि समानुपातिक निर्वाचनको बन्द सूची पेस गर्ने कार्यतालिका
प्रतिक्रिया