सोमबार, चैत २, २०८२

मातृकाको सांसद पद जोगियो, किशोरीको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश

मेरोन्यूज २०८२ चैत १ गते १९:०७

काठमाडाैं । सर्वोच्च अदालतले धनुषा क्षेत्र नम्बर १ को निर्वाचन विवादसम्बन्धी रिटमा रास्वपाका उम्मेदवार किशोरी साहको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

Advertisement
nepal life insurencenepal life insurence

न्यायाधीशद्वय विनोद शर्मा र मेघराज पोखरेलको इजलासले साहको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। अदालतको उक्त निर्णयसँगै सो क्षेत्रबाट निर्वाचित नेपाली कम्युनिष्ट पार्टीका सांसद मात्रिका यादवको पद जाेगिएकाे छ ।

बैंक तथा वित्तीय संस्थासम्बन्धी विषयमा कर्जा सूचना केन्द्रले किशोरीको नाम कालोसूचीमा राखेको हुँदा निर्वाचन आयोगले फागुन १८ गते किशोरीको उम्मेदवारी खारेज गरेको थियो। आयोगको उक्त निर्णयविरुद्ध साह सर्वोच्च गएका थिए।

आयोगले भने यसअघिनै यो क्षेत्रमा दोस्रो बढि मत ल्याएका नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार मातृका प्रसाद यादवलाई सांसदको प्रमाण पत्र दिइसकेको छ।

प्रतिक्रिया