इरानमाथि अमेरिकी–इजरायली आक्रमणपछि करिब २०० अमेरिकी सैनिक घाइते
मेरोन्यूज
२०८२ चैत ३ गते १५:१०

संयुक्त राज्य अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानमाथि व्यापक आक्रमण सुरु गरेयता करिब २०० अमेरिकी सैनिक घाइते भएका छन् । अमेरिकी सेनाको मध्य कमाण्डका प्रवक्ता टिम हकिंसले सोमबार यसबारे जानकारी दिएका हुन् ।
हकिंसका अनुसार घाइते सैनिकहरू बहरीन, इराक, इजरायल, जोर्डन, कुवेत, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्समा घटनामा परेका हुन् । तीमध्ये १० जना सैनिक गम्भीर घाइते भएका छन् भने बाँकी १८० भन्दा बढी उपचारपछि फिर्ता जिम्मेवारीमा फर्किएका छन् ।
साथै पश्चिमी इराकमा अमेरिकी के–सी–१३५ इन्धन आपूर्ति विमान दुर्घटना भएको थियो। यस दुर्घटनापछि अमेरिकी सेनामा मृत्यु हुने संख्या १३ पुगेको छ ।
यो घटनाले अमेरिकी–इजरायली आक्रमणका कारण क्षेत्रीय तनाव र मानवीय चुनौतीहरू अझ बढेको देखाएको छ ।
सम्बन्धित

















इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त
काबुल सुधार गृहमा भएको आक्रमणको स्वतन्त्र छानबिन गर्न संयुक्त राष्ट्रसंघको माग
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
ग्यास सिलिन्डर लुकाउने विक्रेतालाई ५० हजार जरिवाना
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
चैत १ गते आइतबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
नेकपाले छान्यो समानुपातिक तर्फका ९ सांसद
प्रतिक्रिया