नयाँ पार्टी खोल्ने तयारीमा माधव नेपाल, कार्यदलको औचित्यता सकिएको निश्कर्ष

काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधव नेपाल समुह नयाँ पार्टी खोल्ने तयारीमा जुटेको छ । निरन्तर एमालेभित्र अध्यक्ष एवंम प्रधानमन्त्री केपी ओलीबाट कर्नरमा पारिँदै आएको, अनेक वाहनामा कारबाहीको डन्डा वर्साएर हिडन थालेको र असम्वैधानिक रुपमा प्रतिगमनकारी बाटोमा मात्र हिड्न चाहेकोले ओली प्रवृत्तिसाग अव सँगै रहन नसक्ने करिव निश्कर्षमा नेपाल समुह पुगेको हो ।
नेपाल समुहका नेताहरुले हिजो जुममार्फत बैठक गरेर अव के गर्ने भन्नेमा छलफल गरेका थिए । ‘हाम्रो समुह छोडेर ओली प्रवृतिसँग आत्मसमर्पण गर्नेले गरिरह्ुन तर हामीले विद्रोहको झण्डा बोक्न छोडनुहुन्न भन्ने करिव निश्कर्ष छ,’ नेपाल समुहका एक स्थायी समिति सदस्यले मेरोन्यूजसँगको कुराकानीमा भने, “अब हामी नयाँ पार्टी बनाउने र ओली प्रवृतिसँग जुधेर मुकाविला गर्ने तयारीमा पुगेका छौं ।”
शनिवार मात्र पनि ओलीले पार्टी स्थायी समिति बैठक राखेर वरिष्ठ नेता माधव नेपाल , झलनाथ खनाल, भीम रावल ,मुकुन्द न्यौपाने, कल्याणी खड्का, रामकुमारी झाक्रीलगायतका ११ जना सांसदहरुमाथी स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो । सोमबारसम्म उनीहरुलाई स्पष्टिकरण बुझाउन निर्देशन गरिएको छ । पार्टीकै अध्यक्षको नेतृत्वमा रहेको सरकार गिराउन जो सँग प्रतिस्पर्धा गर्नुपर्ने हो, उसैसँग बिकेर कम्युनिष्ट आन्दोलन ध्वस्त बनाउन नेपाल समुह लागेको एमालेको ओली पक्षले ठहर गरेपछि नेताहरुमाथी स्पष्टीकरण सोधिएको थियो ।
नेपाल पक्षले भने ओली एकपछि अर्को असम्वैधानिक बाटोमा लागेको र प्राप्त उपलब्धीलाई पनि ध्वस्त पार्ने बाटोमा मात्र रहेकोले आफुहरुले त्यसको राजनैतिक भण्डाफोरलाई जारी राख्ने निर्णय लिएको नेपाल पक्षका ति नेताले बताए ।
उनले भने,“पार्टी अब करिब एउटै नरहने अवस्था बन्यो, त्यसका लागि अव आवश्यक तयारी गदै अगाडी बढ्ने भन्ने भएको छ ।” प्रधानमन्त्री ओलीले संविधान को धारा ७६ (३) अनुसारको आफ्नो नेतृत्वको सरकारले विश्वासको मत लिन नसक्ने र २७ वैशाखमा सदनमा विश्वासको मत लिन जाँदा जुन अवस्था थियो, त्यसमा कुनै अन्तर नरहेकोले विश्वासको मत नलिई सिधै धारा ७६ (५) अनुसार सरकार गठनका लागि राष्ट्रपतिलाई मन्त्री परिषद्को वैठकवाट सिफारिस गर्ने काम गरेका थिए । त्यसपछि नै नेपाल समुह ओलीसँग अब नसकिने निश्कर्षमा पुगेको हो ।
पार्टी विबाद मिलाउन कार्यदल गठन गरेकै अवस्थामा पनि ओली समुहले आफुहरुले स्वीकार नगरेको स्थायी कमिटिको निरन्तर बैठक बोलाउने र निर्णयहरु लिन थालिरहेको,राष्ट्रिय सभा चुनावमा उम्मेदवार उठाउने सवालमा कुनै परामर्श नगरिएको, अध्यादेशका विषयमा कार्यदलमा कुनै छलफल नगरेको र संसद विघटन सम्मको काममा जाने योजना बनाई अगाडी वढेको बेला राय परामर्श समेत नगरेको कारण ओली समुह पहिले देखि नै आफुहरुलाई अलमलाउने र नियोजित रुपमै पार्टीबाट वाहिर धकेल्ने योजनामा लागेको निश्कर्ष नेपाल समुहले निकालेको हो ।
यही निश्कर्षपछि नेपाल समुह अब अलग पार्टी बनाएर जाने गरी अगाडी बढेको हो । वरिष्ठ नेता नेपाल समेतले नयाँ पार्टीको तयारीका बारेमा स्वीकारोक्ति दिईसकेका छन् । ‘प्रतिनिधिसभामाथि ओलीजीले नै एकपछि अर्को प्रहार गर्न थालेपछि हामीले के गर्न सक्छौं रु हामीले त जोगाउन सक्दो प्रयत्न गरेकै हो नि । उहाँले असंवैधानिक कदम चालेपछि हाम्रो उपाय लागेन । केपी शर्मा ओलीले धकेलेर त्यतै पुर्याउँदै हुनुहुन्छ । अर्को पार्टी खोल्न बाध्य पार्दै हुनुहुन्छ । त्यस्तो बेला नयाँ पार्टी खोलेर जानु स्वभाविक हुन आउँछ,’- नेता नेपालले सञ्चारमाध्यमसँगका प्रतिक्रियामा भनेका छन् ।
विवाद मिलाउन ओली र नेपाल पक्षका बीचमा ५/५ जना रहेको कार्यदल पनि बनेको थियो । तर त्यो कार्यदलको पहिलो बैठकले आचारसंहिता बनाउने लगायत पार्टी एकता विरोधी गतिविधि नगर्न दुवै शीर्ष नेतालाई आह्रवान गर्ने निर्णय लिएको थियो । त्यसपछि कार्यदलको बैठक बोलाउने, सर्ने मात्र हुन पुग्यो ।
न आचारसंहिता वन्यो, न कुनै कार्यायोजना नै
नेपाल समुहले पार्टीलाई २०७५ जेठ २ मा फर्काउनु पर्ने बताएपनि ओलीले पहिले अलमलाउनका लागि त्यही आसपास भनेपनि पछि निरन्तर त्यसलाई लत्याउन खोजेको नेपाल पक्षको भनाई छ । अव कार्यदलको औचित्यता सकिएको पनि नेपाल समुहले बताएको छ ।
नेपालले पार्टी विभाजन गर्ने निश्कर्ष निकालेपनि नेपाल समुहका सवै नेताले उनलाई साथ दिन्छन त रु भन्नेमा भने अन्यौल नै छ । तर जे जति हुनुहुन्छ अव निर्णयाक पहलकदमी लिने सोच छ, ति नेताले भने, संकटमा मान्छेको परिक्षा हुन्छ । अब ओलीको एक्पछि अर्को असम्वैधानिक कदमलाइृ साथ दिने या विदा्रह गर्ने भन्ने मात्र हामीसाग विकल्प छ ।
नेपाल नयाँ पार्टी खोल्ने मुडमा पुगिसकेकै कारण उनी खुलेर अहिले विपक्षी गठबन्धनका कार्यक्रममा सहभागी हुन थालेका छन् । कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउन उनी आफै २६ सांसदहरुको हस्ताक्षर लिएर राष्ट्रपति कार्यालय सम्म पुगेका थिए । त्यहाँ राष्ट्रपतिसँग नेपालले म स-शरिर देउवालाई प्रधानमन्त्रीको प्रस्ताव लिएर आएको छु तर ओलीले मेरो समर्थन उनलाई छ भनेर भन्न कहाँ मिल्छ ? भन्दा प्रतिप्रश्न समेत गरेका थिए ।
नयाँ बानेश्वरमा विपक्षी गठवन्धनको छलफलमा पनि नेपाल र भीम रावल सहभागी नै भएका थिए । त्यसलगत्तै नेपाल र रावलले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठसँग छुटटै छलफल गरेका थिए ।


















ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
प्रतिक्रिया