बिहीबार, चैत ५, २०८२

साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी

मेरोन्यूज २०८२ चैत ४ गते १९:५४

इरानले साउदी अरब, कतार, युएईमा तेल पूर्वाधारमा आक्रमणको तयारी गरिएकाे जानका‍री दिँदै साे क्षेत्र नजिक बस्ने नागरिकहरूलाई खाली गर्ने धम्की दिएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

इरानको दक्षिण पार्स क्षेत्रसँग सम्बन्धित प्राकृतिक ग्यास पूर्वाधारमाहरूलाई इजरायले आक्रमण गरेपछि इरानको रिभोलुसनरी गार्ड्स कोर्प्स (आइआरजिसी) ले बुधबार आगामी केही घण्टामै ती क्षेत्रमा आक्रमणको तयारी गरिएकाे बताउँदै तीन देशका पाँच तेल पूर्वाधारमा नजिकै बस्ने मानिसहरूलाई साे क्षेत्र खाली गर्ने धम्की दिएको हाे ।

यो चेतावनी साउदी अरेबियाको समरेफ रिफाइनरी र जुबैल पेट्रोकेमिकल कम्प्लेक्स, संयुक्त अरब इमिरेट्सको अल होसन ग्यास फिल्ड, र कतारको मेसाइद पेट्रोकेमिकल कम्प्लेक्स, मेसाइद होल्डिंग कम्पनी र रास लाफान रिफाइनरीमा गरिएको छ ।

“तुरुन्तै यी क्षेत्रहरू छोड्नुहोस् र ढिलाइ नगरी सुरक्षित दूरीमा सर्नुहोस्,” इरानी राज्य मिडियाले लेखेका छन् ।

प्रतिक्रिया