कीर्तिमानको रोचक यात्राः राेनाल्डाे पछि मेसी बने ९०० गाेलकाे राेचक यात्रा पुरा गर्ने फुटबलर

मायामी । अर्जेन्टिनी फुटबलर लियोनेल मेसीले व्यावसायिक फुटबल करियरमा ९०० गोलको ऐतिहासिक सफलता हाँसिल गरेका छन्। बुधबार राति ‘कन्काकाफ च्याम्पियन्स कप’ अन्तर्गत नासभिल एससीविरुद्धको खेलमा गोल गर्दै यो सफलता पाएका हुन् । ३८ वर्षीय मेसी यो उपलब्धि हासिल गर्ने विश्वकै दोस्रो खेलाडी बनेका छन्।
टेनेसीस्थित जियोडिस पार्कमा भएको अन्तिम १६ को दोस्रो लेगको खेलमा मेसीले सातौँ मिनेटमै गोल गर्दै यो दुर्लभ कीर्तिमान रचेका हुन्।
सन् २०२३ जुनमा इन्टर मायामीमा आबद्ध भएयता उनले ९२ खेलमा ८१ गोल गरिसकेका छन्। उनको उत्कृष्ट प्रदर्शनकै मद्दतमा मायामीले ‘लिग कप’ र ‘एमएलएस कप’ को उपाधि समेत उचालेको छ।मेसीको गोल गर्ने यात्रा सन् २००५ मे महिनाबाट सुरु भएको हो। १७ वर्ष १० महिना ७ दिनको उमेरमा अल्बासेटेविरुद्ध बार्सिलोनाका लागि पहिलो गोल गर्दा उनी क्लब इतिहासकै कान्छा गोलकर्ता बनेका थिए।

















चैत १६ गते संघीय संसद्को अधिवेशन बोलाउने तयारी
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली पक्राउ
रवि-बालेनसहित रास्वपा शीर्षनेताबीच भेटवार्ता
प्रतिनिधिसभा सदस्य निर्वाचनः प्रतिमतदाता रु २८४ खर्च
आजको मौसम पूर्वानुमानः यी तिन प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना
चैत ३ गते मंगलबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
प्रतिक्रिया