शुक्रबार, चैत ६, २०८२

रवि-बालेनसहित रास्वपा शीर्षनेताबीच भेटवार्ता

मेरोन्यूज २०८२ चैत ५ गते २०:२७

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सहित शीर्ष नेताबीच भेटवार्ता भएको छ। 

Advertisement
nepal life insurencenepal life insurence

बिहीबार साँझ सभापति लामिछाने, वरिष्ठ नेता शाह, उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्लेबीच भेटवार्ता भएको हो। सरकार गठन लगायतका विषयमा छलफल भएको जनाइएको छ। 

रास्वपा उपसभापति वाग्लेले समाजिक सञ्जालमा चार जनाबीच भेटघाटको तस्बिर पोस्ट गरेका छन्। उनले लेखेका छन्, ‘राजकाज। आज साँझको छलफल।’

वरिष्ठ नेता शाहलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनावमा होमिएको रास्वपाले सोही अनुसार नतिजा आएपछि सरकार बनाउँदै छ। शाहको नेतृत्वमा बन्ने मन्त्रिपरिषद्‌मा रहने सदस्यको चयनका लागि रास्वपा नेतृत्व आन्तरिक गृहकार्यमा जुटेका छन्। 

त्यसैअनुसार, बिहीबार रास्वपा शीर्ष नेतृत्वबीच काठमाडौँको दरबारमार्गस्थित रोयल सिङ्गीमा भेटवार्ता भएको हो। 

प्रतिक्रिया