कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आज पनि प्रदर्शन

काठमाडौं- भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै युवाहरूले शनिबार पनि काठमाडौंको माइतिघर मण्डलामा विरोध प्रदर्शन गरेका छन्।
जनरल जेड नेपाल, राष्ट्रिय जननेता अभियान लगायतका समूहमा आवद्ध युवाहरूले आयोगको प्रतिवेदन लुकाउन खोजिएको भन्दै प्रदर्शन गरेका हुन्।
प्रदर्शनका क्रममा उनीहरूले ‘जेन(जी आन्दोलन खोलामा, प्रतिवेदन बन्द झोलामा’, जेनजीहरू नारामा आमा उता रारामा , ‘कार्की आयोगको प्रतिवेदन तुरुन्त सार्वजनिक गर’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए।
उनीहरूले सरकारी संरचना जलाउने र प्रहरीमाथि कुटपिट गर्ने जेनजी आफुहरू नभएको भन्दै भाद्र २३ र २४ का घटनामा दोषि देखिएकालाई कारवाही गर्नुपर्ने माग राखेका छन् ।
जाँचबुझ आयोगले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएपनि अझै सार्वजनिक हुन नसकेपछि युवाहरूले आन्दाेलन सुरु गरेका हुन् ।नेपाल सरकारले गौरीबहादुर कार्कीको अध्यक्षतामा गठन गरेको छानबिन आयोगले हालै प्रतिवेदन पेश गरेको छ ।
















दाउन्ने सडक खण्डमा यातायात सञ्चालनमा अवराेध जारी
इरानकाे नतान्ज आणविक केन्द्रमा भएकाे आक्रमणबारे रुसद्वारा अन्तर्राष्ट्रिय छानवीनको माग
भारतीय प्रधानमन्त्री मोदी र इरानी राष्ट्रपति पेजेश्कियानबीच संवाद
सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी अनुसन्धानमा
इरानको आणविक केन्द्र नतान्जमा अमेरिकी आक्रमण : रेडियोधर्मी चुहावट नभएको दाबी
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
सुनचाँदीकोे मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ काराेबार ?
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
सिटिजन्स बैंककाे ‘जेनजी सेभिङ अकाउन्ट’ मा युवाकाे आकर्षण, ‘रिफर एण्ड अर्न’ अफरसँगै यस्ता छन् सुविधा (भिडियाे)
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
प्रतिक्रिया