सोमबार, चैत ९, २०८२

पश्चिमी र स्थानीय वायुको प्रभाव : कस्तो रहला आजको मौसम ?

मेरोन्यूज २०८२ चैत ९ गते ७:२२

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश लगायत देशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लागेको छ भने बाँकी भू-भागमा आंशिक बादल लागेको छ । कोशी प्रदेशको एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम सम्मको वर्षा र हिमपात भइरहेको छ।

Advertisement
nepal life insurencenepal life insurence

सोमबार देशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ र तराई भू-भागमा आंशिक बादल लाग्नेछ। सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू-भागका केही स्थानहरूमा तथा बाँकी पहाडी र हिमाली भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।महाशाखाले पछिल्लो मौसमी सूचनाको जानकारी लिनुहुन र सावधानी अपनाउनु हुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध गरेको छ । 

प्रतिक्रिया