चितवनका सातवटै पालिकामा बाख्रालाई ‘पीपीआर’ खोप लगाइँदै

चितवन। यही चैतको तेस्रो सातादेखि जिल्लाका सातै पालिकामा ‘पीपीआर’ खोप अभियान सञ्चालन गरिने भएको छ । अभियान अन्तर्गत दुई लाख ५० हजार बाख्रालाई सो खोप लगाइने लक्ष्य निर्धारण गरिएको छ । जिल्लामा अहिले तीन लाख बाख्रा पालिएको जनाइएको छ ।
पशुसेवा कार्यालयका चितवनका प्रमुख डा. प्रभात न्यौपानेका अनुसार यो रोग ‘मोरडिली’ भाइरसका कारण लाग्ने गर्दछ । उनले भने, ‘रोग लागेपछि ५० देखि ९० प्रतिशत बाख्रा मर्ने गर्दछन् । यो रोग लागेका बाख्रामा उच्च ज्वरो आउने, मुखमा घाउ हुने, झाडापखाला लाग्ने, नाक–आँखाबाट सिँगान बग्ने, निमोनिया भए जस्तो हुने, श्वास फेर्न गारो हुने, खान मन नलाग्ने, कमजोर हुने हुँदा छिट्टै मर्ने जस्ता लक्षण देखिन्छ ।
’प्रमुख डा. न्यौपानेले यो रोग सुरुमा तीन दिनदेखि पाँच दिनमा देखिन्छ र सातदेखि १० दिनभित्र बाख्रा मर्न सक्ने बताए । कार्यालयले हरेक वर्ष बाख्रामा यो रोग विरुद्धको खोप दिँदै आएको छ । यसमा रोगी बाख्राको जुत्तोबाट, रोगी बाख्राको नाकबाट निस्कने सिँगानबाट, आँखाबाट निस्कने आँशुको माध्यमबाट, रोगी बाख्राले खोक्दा र हाच्छिउँ गर्दा हावामा मिसिने मसिना कणहरुमा भएका विषाणुबाट सङ्क्रमण फैलिने हुन्छ । यसका साथै खाने पानी, दानाको डुँड र प्रयोग गरिएको सोत्तर पनि विषाणुबाट सङ्क्रमित भई सङक्रमण फैलिने हुन्छ ।
व्यवसायीक रुपमा बाख्रापालन गर्ने किसानले जैविक सुरक्षाको विधि अवलम्बन गर्न उनले सुझाव दिए । यस रोगबाट बाँच्न रोगी बाख्राको शरीरबाट निस्कने आँशु, सिँगान र मलमूत्रमा यस रोगका विषाणु प्रसस्त मात्रामा रहेका हुन्छन् त्यसैले रोगको सङ्क्रमण पैmलिन नदिन रोगी बाख्रालाई बथानबाट अलग्गै राख्नुपर्ने उनको भनाइ छ ।
















कोशी अस्पतालमा ‘ब्लड बैंक’ स्थापनाको तयारी
राना थारू समुदायमा परम्परागत पहिरन लगाउने चलन लोप हुँदै
रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज सर्वोच्चमा सुनुवाइ
Pokhara targets cities of eastern Nepal to receive domestic tourists
आज गोलभेँडा र रायोसागकाे मूल्य प्रतिकिलो रु ८०,अन्य तरकारिकाे मूल्य कती ?
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुनचाँदीकोे मूल्य निरन्तर ओरालोतिर, आज कतिमा काराेबार हुँदैछ ?
रास्वपाले संसदीय दलको नेताका लागि निर्वाचन नगर्ने
सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
प्रतिक्रिया