नेपाली प्रविधिमा आधारित ‘ल बसम’ राइड सेयरिङ एप सार्वजनिक

काठमाडौं । नेपाली युवाको पहल, सीप र स्वदेशी लगानीमा तयार पारिएको नयाँ राइड सेयरिङ एप ‘ल बसम’ (La Basam) औपचारिक रूपमा सञ्चालनमा आएको छ ।
‘हामी सबै सँगै बसौं र यात्रा गरौं’ भन्ने मूल नारासहित सुरु गरिएको यो प्लेटफर्मले नेपालमै विकसित प्रविधिको प्रयोगमार्फत आत्मनिर्भरतातर्फको नयाँ संकेत दिएको छ । कम्पनीले आइतबार पत्रकार सम्मेलन गर्दै राइड सेयरिङ एप सार्वजनिक गरेको हो । नेपालकै भूगोल, यातायात अवस्था र प्रयोगकर्ताको आवश्यकता बुझेर सेवा डिजाइन गरिएको कम्पनीको दाबी छ ।
स्वदेशी विकल्पको उदय
कम्पनीका सञ्चालकहरूले सुरुवाती चरणमा विदेशी राइड सेयरिङ एपहरूको आवश्यकता रहे पनि अब स्वदेशी प्लेटफर्म सञ्चालनमा आउनु महत्वपूर्ण उपलब्धि भएको बताए ।
कम्पनीका सञ्चालक विष्णुराज गिरीले सबै सुविधासहितको नेपाली राइड सेयरिङ आईसकेकोले अब अन्य राइड सेयरिङतिर झुकाव राखिरहनु नपर्ने बताए । उनले विदेशी एपमार्फत ठूलो नेपाली रकम बाहिरिएको र त्यसले अर्थतन्त्रमा असर पारेको उल्लेख गर्दै ‘ल बसम’ ले त्यसलाई न्यूनीकरण गर्न सहयोग गर्ने विश्वास व्यक्त गरे ।
कम्पनी सञ्चालकहरुको भनाइमा, ‘ल बसम’ केवल सेवा होइन, नेपाली प्रविधि, सीप र श्रमलाई एकीकृत गर्दै देशभित्रै आर्थिक मूल्य सिर्जना गर्ने अभियान हो ।
सुरक्षित र प्रविधिमैत्री यातायात
कम्पनीका अनुसार प्लेटफर्मको मुख्य लक्ष्य नेपालको यातायात प्रणालीलाई सुरक्षित, मर्यादित र प्रविधिमैत्री बनाउनु हो । पारदर्शिता र उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै प्रयोगकर्तामा विश्वास निर्माण गर्ने रणनीति अपनाइएको कम्पनीले जनाएको छ । सुरुमा काठमाडौँ उपत्यकामा सुरुआत गरिएको राइड सेयरिङ देशका अन्य मुख्य सहरमा पनि विस्तार गर्ने योजना बनाइएको कम्पनीका अर्का सञ्चालक सिताराम अधिकारीले जानकारी दिए ।
उनले भने, ‘तत्कालका लागि ल बसम राइड सेयरिङ हामीले काठमाडौँ उपत्यकामा सेवा सुरु गरेका छौँ । छिट्टै पोखरा, बुटवल, विराटनगर र चितवन जस्ता प्रमुख सहरमा पनि सेवा विस्तार गर्ने लक्ष्य राखेका छौँ ।’ कम्पनीले निकट भविष्यमा फुड डेलिभरी सेवासमेत सञ्चालनमा ल्याउने तयारी गरेको पनि सञ्चालक अधिकारीले बताए ।
सुरुआती चरणमा राइड सेयरिङका चालकहरुलाई कुनै सेवा शुल्क नलाग्ने गरी प्रयोग गर्न छुट दिइएको कम्पनीले जनाएको छ ।
चालक र यात्रु दुवै ‘परिवार’
‘ल बसम’ ले चालकलाई केवल ड्राइभर नभई साझेदार को रूपमा लिने अवधारणा अघि सारेको छ। कम्पनीका अनुसार चालकहरूको सम्मान र उचित अवसर सुनिश्चित गरिनेछ ।
त्यस्तै, यात्रुहरूलाई पनि ग्राहक मात्र नभई समुदायका सदस्यका रूपमा लिइनेछ । कम्पनीले चालक र यात्रुलाई प्लेटफर्मका ‘अभिभावक’ वा ‘परिवार’ को रूपमा परिभाषित गरेको छ ।
ल बसम’ का मुख्य विशेषताहरूः
– पिंक मोड (Pink Mode): महिला यात्रीको सुरक्षालाई मध्यनजर गर्दै यो फिचर ल्याइएको हो, जसअन्तर्गत महिला यात्रीले महिला चालक (Rider) नै छनोट गर्न सक्नेछन् । यसले महिला सशक्तिकरण र रोजगारीमा समेत टेवा पु¥याउने लक्ष्य राखेको छ ।
– बीमा सुरक्षाः यात्राका क्रममा हुनसक्ने जोखिमलाई ध्यानमा राख्दै कम्पनीले यात्री र चालक दुवैका लागि दुर्घटना बीमा (Accidental Insurance) को व्यवस्था गरेको छ ।
– पारदर्शी भाडा प्रणालीः यात्रुले राइड बुक गर्नुअघि नै अनुमानित भाडा देख्न पाउनेछन् । साथै, यात्रुले आफ्नो बजेटअनुसार भाडा प्रस्ताव (Fare Offer) गर्न सक्ने र चालकले त्यसलाई स्वीकार वा अस्वीकार गर्न सक्ने सुविधा पनि रहेको छ ।
– सुपर एपको अवधारणाः यो एपमा बाइक र ट्याक्सी सेवा (Quick Ride) का साथै सामान डेलिभरी र एक सहरबाट अर्को सहर जान को लागि (City–to–City) सेवा समेत उपलब्ध छ ।
– गिभअवे र उपहारः प्रत्येक यात्रापछि यात्री र चालक दुवैले डिजिटल कुपन प्राप्त गर्नेछन्, डिजिटल कुपन प्राप्त पछि लक्की ड्रमार्फत नगद, स्मार्टफोन र अन्य ग्याजेटहरू जित्न सकिनेछ ।
सुरक्षा र चालक हितः
कम्पनीले सुरक्षाका लागि प्रत्येक चालक प्रमाणीकरण को लागि लाइसेन्स ,ब्लु बुक र सवारीसाधनको फोटो को अनिवार्य गरेको छ । रियल–टाइम लाइभ ट्र्याकिङ र आपत्कालीन अवस्थाका लागि एसओएस (SOS) बटनको व्यवस्था गरेको छ । चालकहरूको हकमा हाललाई कुनै सेवा शुल्क (Zero Commission) नलिने नीति सार्वजनिक गरिएको छ ।
भविष्यको योजनाः
हाल काठमाडौँ उपत्यकामा सेवा सुरु गरेको ‘ल बसम’ ले छिट्टै पोखरा, बुटवल, विराटनगर र चितवन जस्ता प्रमुख सहरहरूमा सेवा विस्तार गर्ने लक्ष्य राखेको छ । साथै, निकट भविष्यमा फुड डेलिभरी सेवा समेत सञ्चालनमा ल्याउने तयारी भइरहेको कम्पनीले जनाएको छ ।
















नेपाल लाइफद्वारा २०८३ सालको क्यालेन्डर सार्वजनिक
उपराष्ट्रपति यादवसँग बङ्गलादेशका राजदूत रहमानको शिष्टाचार भेट
नेप्से परिसूचकमा सामान्य अङ्कको बृदी
सिंहदरबारमा ६ दलका संसदीय कार्यालय तयार
न्याय माग्दै पीडितहरु महिला आयोगमा
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
इरान युद्ध : एक नेपालीको निधन, २० जना घाइते र सात पक्राउ
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
प्रतिक्रिया