सेयर बजारमा सामान्य अंककाे वृद्धि

काठमाडौँ । यो साता कारोबारको पहिलो दिन उच्च अंकले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज दोस्रो दिन सामान्य अंकले बढेको छ ।
आज नेप्से परिसूचक पाँच दशमलव ०१ अङ्कले बढेर दुई हजार ९३६ दशमलव ५६ को विन्दुमा कायम भएको हो ।
आज ३४२ कम्पनीको तीन करोड ८० लाख ७३ हजार ९४५ कित्ता शेयर एक लाख ५६ हजार ३८१ पटक खरिदबिक्री हुँदा रु १५ अर्ब ७८ करोड ६३ लाख १३ हजार ४४० बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
आजको कारोबारमा बैङ्किङ शून्य दशमलव २७, विकास बैङ्क शून्य दशमलव ५०, होटल तथा पर्यटन शून्य दशमलव ८६, जीवन बिमा शून्य दशमलव ४८, निर्जीवन बिमा शून्य दशमलव ०४ र अन्य समूह शून्य दशमलव ५९ प्रतिशतले घटेको छ भने अरू सबै समूहको उपसूचक बढेको छ । वित्त शून्य दशमलव २०, जलविद्युत् शून्य दशमलव ९६, लगानी शून्य दशमलव ७२, उत्पादन तथा प्रशोधन एक दशमलव ५३, लघुवित्त शून्य दशमलव ४३, म्युचुअल फन्ड शून्य दशमलव ८८ र अन्य समूह शून्य दशमलव ०१ प्रतिशतले बढेको छ ।
आज सलपा विकास बैङ्क लिमिटेड, रिलायन्स स्पिनिङ मिल्स लिमिटेड, सोलु हाइड्रोपावर लिमिटेड र भुजुङ हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा भने सनराइज फस्ट म्युचुअल फन्डको शेयर मूल्य तीन दशमलव ७१ प्रतिशतले घटेको छ ।
कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज कुमारी बैङ्क लिमिटेडको सबैभन्दा धेरै रु ६७ करोड २३ लाख ७८ हजार १५६ बराबरको २७ लाख ६८ हजार १०९ कित्ता शेयर खरिद–बिक्री भएको नेप्सेले जनाएको छ ।
















एमालेद्वारा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन निर्देशन
ग्लोबल मनि विकमा नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान
झापामा दुई शव फेला
नेपाली मूलका विदेशी नागरिकलाई विमानस्थलमा छुट्टै डेस्कको व्यवस्था
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
इरान युद्धमा सहयाेग नगरेकाे भन्दै ट्रम्पले नेटो सहयोगीलाई भने -‘कायर’
प्रतिक्रिया