दुग्ध उत्पादक किसानले ५५ करोड भूक्तानी पाएनन्

चितवन। जिल्लाका दुग्ध उत्पादक किसानले दुध बिक्री गरे बापत रु ५५ करोड भूक्तानी पाउन सकेका छैनन् । उनीहरुले बिगत ६ महिनादेखिको भूक्तानी पाउन सकेका छैनन् ।
जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर वगालेका अनुसार गत कात्तिकदेखिको दुधको भूक्तानी नपाउँदा किसान समस्यामा छन् । बजारको समस्या नभए पनि दुग्ध विकास संस्थानसहित ठूला दूध उद्योगले रकम भूक्तानी नगर्दा दुग्ध उत्पादक किसान समस्यामा परेका हुन् ।
उनले भने “संस्थानको ६ महिनादेखि र अन्य उद्योगको तीन महिनादेखिको भूत्तानी बाँकी छ ।” साना उद्योगले नियमित भूक्तानी गर्ने गरेको भए पनि ठूला उद्योगको भूक्तानी बाँकी रहेको अध्यक्ष वगालेले जानकारी दिए ।
जिल्लामा अहिले दैनिक तीन लाख ५० हजार लिटर दूध उत्पादन हुँदै आएको छ । जसमध्ये ५० प्रतिशतभन्दा बढी दूध बिक्री गर्न जिल्ला बाहिर लैजाने गरिन्छ ।
यहाँका ११५ दुग्ध उत्पादक सहकारी सङ्घले दैनिक दूध सङ्कलन गरेर ठूला उद्योगलाई बिक्री वितरण गर्ने गरेका छन् । ती सहकारीले समयमा भूक्तानी नपाउँदा किसानलाई भूक्तानी गर्न कठिन भएको उनले जानकारी दिए । जिल्लामा ४० हजार किसानले दूग्ध उत्पादन गर्दै आएका छन् ।
















ग्यास पाइपलाइन र भण्डारण पूर्वाधार निर्माणको प्रस्ताव भारतसमक्ष प्रस्तुत, प्रत्युत्तरको प्रतीक्षामा निगम
कांग्रेसको १५औँ महाधिवेशन भदौ २४ देखि २६ गतेसम्म गर्ने प्रस्ताव
लुम्बिनीमा सरसफाइ अध्ययन केन्द्र सञ्चालनमा
पोखरामा भोलिदेखि दोस्रो संस्करणको वाडा अटो शो सुरु हुँदै
वीरगञ्ज आइपुग्यो ‘जाउँ है पोखरा’ अभियान
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
आजको मौसम पूर्वानुमान : यी प्रदेशमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी अनुसन्धानमा
निवर्तमान सभापति देउवा सिङ्गापुरबाट हङकङ प्रस्थान
प्रतिक्रिया