संयुक्त महिला संघद्वारा प्रतिनिधि सभा विघटनको विरोध

काठमाडौँ । विभिन्न पाँच महिला संघले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रिपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधि सभाको विघटनको विरोध गरेका छन् ।
नेपाल महिला संघ, अखिल नेपाल महिला संघ क्रान्तिकारी, समाजवादी महिला संघ, अखिल नेपाल महिला संघ एमाले नेपाल समूह र जनमोर्चाको अखिल नेपाल महिला संघले संयुक्त विज्ञप्ति निकाल्दै सरकारले गरेको प्रतिनिधि सभा विघटनको विरोध जनाएका हुन् । संयुक्त महिला संघले २०७८ जेठ ७ को मध्यरातमा प्रतिनिधि सभाको विघटन गरेर असंवैधानिक र अलोकतान्त्रीक कदमको विरोध गरेको जनाएको छ ।
संयुक्त महिला संघको संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘कोभिड-१९ ले दैनिक २ सयका दरले नागरिकको मृत्यु भइरहेको, नागरिकले खोप पाइरहेका छैनन्, अक्सिजन र अस्पतालमा बेड पाइरहेका छैनन्, यसको लागि सरकारबाट कुनै पहल भएको छैन ।’ सरकारले यो समयमा चुनाव गरेर आफ्नो कुची बचाउनु भन्दा पनि सबै मैलेर महामारीलाई परास्त गर्नुपर्ने संयुक्त विज्ञप्तिमा उल्लेख गरिएको छ । सरकारले चुनावको बेमौसमी बाजा बजाएर जनतालाई आहत पार्दै सत्ता लभाउन लागि परेको संयुक्त महिला संघले बताएका छन् ।




















विश्वकप लिग–२ सिरिजका लागि नेपाली १५ सदस्यीय टोली घोषणा, अर्जुनले पनि पाए मौका
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति, इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने कांग्रेसको निर्णय
प्रतिक्रिया