संयुक्त महिला संघद्वारा प्रतिनिधि सभा विघटनको विरोध

काठमाडौँ । विभिन्न पाँच महिला संघले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रिपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधि सभाको विघटनको विरोध गरेका छन् ।
नेपाल महिला संघ, अखिल नेपाल महिला संघ क्रान्तिकारी, समाजवादी महिला संघ, अखिल नेपाल महिला संघ एमाले नेपाल समूह र जनमोर्चाको अखिल नेपाल महिला संघले संयुक्त विज्ञप्ति निकाल्दै सरकारले गरेको प्रतिनिधि सभा विघटनको विरोध जनाएका हुन् । संयुक्त महिला संघले २०७८ जेठ ७ को मध्यरातमा प्रतिनिधि सभाको विघटन गरेर असंवैधानिक र अलोकतान्त्रीक कदमको विरोध गरेको जनाएको छ ।
संयुक्त महिला संघको संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘कोभिड-१९ ले दैनिक २ सयका दरले नागरिकको मृत्यु भइरहेको, नागरिकले खोप पाइरहेका छैनन्, अक्सिजन र अस्पतालमा बेड पाइरहेका छैनन्, यसको लागि सरकारबाट कुनै पहल भएको छैन ।’ सरकारले यो समयमा चुनाव गरेर आफ्नो कुची बचाउनु भन्दा पनि सबै मैलेर महामारीलाई परास्त गर्नुपर्ने संयुक्त विज्ञप्तिमा उल्लेख गरिएको छ । सरकारले चुनावको बेमौसमी बाजा बजाएर जनतालाई आहत पार्दै सत्ता लभाउन लागि परेको संयुक्त महिला संघले बताएका छन् ।











पुरानै संरचनामा फर्कियो एमाले, पदाधिकारी १९, स्थायी कमिटी यथावत
एमाले महाधिवेशनको बन्दसत्र सुरु हुने समय फेरि सर्याे
डेङ्गीको सङ्क्रमण घट्दो क्रममा
जसपाद्वारा उमदेवारको नाम सिफारिस गर्न सर्कुलर
एमाले उपाध्यक्ष युवराज ज्ञवालीले गरे उम्मेदवार नबन्ने घोषणा
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
डडेलधुराबाट देउवाको नाम एकल सिफारिस
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
लुम्बिनीविरुद्ध पहिले फिल्डिङ गर्दै विराटनगर
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
प्रतिक्रिया