प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिम मधेशसँग ५ विकेटले पराजित

काठमाडौँ। प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत बुधबारको खेलमा मधेश प्रदेश पाँच विकेटले विजयी भएको छ।
वीरगञ्जको नारायणी रङ्गशालामा भएको खेलमा मधेश प्रदेशले सुदूरपश्चिमलाई पाँच विकेटले पराजित गरेको हो।
सुरुआती चरणमा ब्याटिङ गरेको सुदूरपश्चिम प्रदेशले ४३ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै एक सय ६० रन बनायो। एक सय ६१ रनको लक्ष्य पाएको मधेश प्रदेशले ३३ दशमलव ४ ओभरमा पाँच विकेटको क्षतिमा पूरा गर्यो।
मधेश प्रदेशको जितमा अरनिको यादवको ४६, मोहम्मद आदिल आलमको ३४ र पवन सर्राफको २१ रन समावेश थियो।
त्यस्तै सुदूरपश्चिमका लागि ब्याटिङ गर्ने क्रममा अभिषेक पालले ४५ बलमा ३३ रन तथा किरण ठगुन्नाले २३ रन जोडे। बलिङतर्फ मधेश प्रदेशका अरनिको यादवले तीन तथा प्रदीप पासवानले दुई विकेट लिए।
प्रतियोगितामा तीन विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपीएफ क्लब तथा सात प्रदेशको सहभागिता छ। प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले पाँच लाख नगद पुरस्कार प्राप्त गर्नेछन्।















२८ वर्षपछि बागलुङको सिगाना गाउँ पक्की सडक सञ्जालमा जोडियो
Schedule of Nepali Congress’ 15th General Convention made public
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
रेश्मिका परियार हत्याको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग
यस्तो छ आजका लागि फलफूल तथा तरकारीकाे मूल्य
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
नेपाली प्रविधिमा आधारित ‘ल बसम’ राइड सेयरिङ एप सार्वजनिक
भुटानमाथि नेपालको २–१ को जित
प्रतिक्रिया