लुम्बिनी प्रादेशिक अस्पताल न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा उत्कृष्ट

लुम्बिनी। यहाँको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल सेवा तथा सुविधाका रुपमा उत्कृष्ट घोषित भएको छ ।
उक्त अस्पतालले न्यूनतम सेवा मापदण्ड मूल्याङ्कन (एमएसएस)मा उत्कृष्ट नतिजा प्राप्त गरेको हो । विगत दुइ वर्षदेखि यस अस्पतालले उत्कृष्टता हासिल गर्दै आएको छ । यसवर्ष पनि ‘सेकेण्डरी बी’ लेभल मूल्याङ्कनमा सुधार गर्दै ९० अङ्कसहित तेस्रोपटक नेपालमै प्रथम भएको हो ।
अस्पतालमा आयोजित सेवा मूल्याङ्कन समीक्षा कार्यक्रममा यहाँ उपलब्ध सेवा, उपकरण, भौतिक संरचना तथा जनशक्तिलगायतका बारेमा प्रस्तुती गरिएको थियो ।
लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले सरकारी अस्पतालमा सेवा लिन जाँदा नाक खुम्च्याउनपर्ने अवस्थाको अन्त्य हुँदै गएको बताए । उनले मूल्याङ्कन अङ्कमा मात्र नभइ जनताले पनि महसूस गर्ने गरी काम गर्न निर्देशन दिए ।
स्वास्थ्य निर्देशनालयका निर्देशक डा रोशनलाल चौधरीले सेवालाई थप विशिष्टीकृत गर्दै लैजान आग्रह गरे । अस्पतालका मेडिकल सुपरीटेन्डेण्ट डा इन्द्र ढकालले न्यूनतम स्वास्थ्य सेवा मापदण्ड मुल्याङ्कनमा प्राप्त नतिजा पर्याप्त नभएकाले थप सुधारका योजनासाथ काम गरिरहेको उल्लेख गरे ।
अस्पतालमा हाल ५१ जना विशेषज्ञ चिकित्सकसहित ८५० बढी स्वास्थ्यकर्मी तथा कर्मचारीमार्फत सेवा प्रदान हुँदै आएको छ ।
















पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ
पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ
पक्राउ पुर्जीसहित ओली निवास पुग्यो प्रहरी टोली
China pledges support for Nepal’s economic transformation with new government
एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
अनैतिक क्रियाकलापमा संलग्न युगाण्डाका २० महिला ठमेलबाट पक्राउ
प्रतिक्रिया