ओलीको पक्राउपछी हर्क साम्पाङ -प्रतिशोधको राजनीति सुरु हुन्छ भनेकै थिए

काठमाडौं, १२ चैत :
प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको सपथ लिने क्रममा बिहीबार सिंहदरबारस्थित संसद् सचिवालयमा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य एवं श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई ‘साम्पाङ’ सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै । तस्बिर : रत्नकृष्ण श्रेष्ठ/रासस
एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेपछी श्रम संस्कृति पार्टीका अध्यक्ष तथा नवनिर्वाचित सांसद हर्क साम्पाङले घुमाउराे पारामा प्रतिशोधको राजनीति सुरु भएकाे बताएका छन् ।
उनले आज सामाजिक सञ्जालमा आफुले पहिलेनै चुनावपछी प्रतिशोधको राजनीति सुरु हुने भविष्यवाणी गरेकाे बताएका छन् ।
उनले लेखेका छन् ,’मेरो कुरा ढिलो गरी बुझ्छन् ! मैले ओखल्ढुङ्गाको कार्जेक्रममा भन्या थें ” अरु जस्ले जिते नि प्रतिशोधको राजनीति हुन्छ ! प्रगतिको राजनीति श्रम संस्कृति मात्रै हो ! ” भनेर ! अब हुने भनेको यस्तै मात्रै हो ! आन्दोलन आन्दोलन अनि आन्दोलन । ‘
यसअघी उनले हिँजाे मन्त्रीपरिषद बैठकले छानवीन आयाेगकाे प्रतिवेदन अनुसार कारवाही अघी बढाउने निर्णय गरेपछी – सिंहदरबार, संसद भवन, सर्बोच्च अदालत र कयौँ सरकारी भवन जलाउने भत्काउने कृत्यको अगुवाहरुलाई पनि गिरफ्तार गरेर भाटै भाटा लगाउनु पर्छ । ‘ भन्दै स्टाटस लेखेका थिए ।

















ओली पक्राउ परेपछि एमाले केन्द्रिय सचिवालय बैठक च्यासलमा जारी
बाढीले बगाएर एक कर्मचारीको मृत्यु, विपी राजमार्ग खुलाउने प्रयास
पूर्वप्रधानमन्त्री ओलीलाई राखियो टिचिङ अस्पतालको ‘रेड जोन’मा
दाउन्नेमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु, १५ जना घाइते
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
अनैतिक क्रियाकलापमा संलग्न युगाण्डाका २० महिला ठमेलबाट पक्राउ
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स नवौं वर्षमा प्रवेश
प्रतिक्रिया