इरान र हिजबुल्लाहद्वारा उत्तरी इजरायलमा ‘एकैसाथ’ आक्रमण

आज उत्तर इजरायलमा इरान र हिजबुल्लाहको यो ‘एकैसाथ आक्रमण’ गरेका छन् । यसलाइ जारी युद्धमा गम्भीर मोडको रूपमा देखिएको छ।
इजरायली सुरक्षा स्रोतका अनुसार, इरानले आफ्नो भूमिबाट ब्यालेस्टिक मिसाइलहरू प्रहार गरिरहेकै समयमा हिजबुल्लाहले लेबनानबाट साेही स्थानमा रकेट र ड्रोनहरूको वर्षा गराएको थियो।
यो दुईतर्फी आक्रमणको मुख्य उद्देश्य इजरायलको ‘आइरन डोम’ र ‘एरो’ रक्षा प्रणालीलाई अलमल्याउनु थियो।
हिजबुल्लाहले लेबनानबाट प्रहार गरेका रकेटहरूका कारण ग्यालिली क्षेत्रका बस्तीहरूमा लगातार साइरन बजेका थिए। केही रकेटहरू खुला क्षेत्रमा खसेको र केहीलाई इजरायली प्रणालीले आकाशमै नष्ट गरिदिएको छ।
इरानबाट आएका मिसाइलहरूका कारण कब्जा गरिएको गोलान हाइट्स क्षेत्रमा पनि खतराको संकेत दिइएको थियो।
इजरायली सेनाले अधिकांश इरानी मिसाइलहरूलाई बीचमै रोक्न सफल भएको दाबी गरेको छ। यद्यपि अखबारका अनुसार केही मिसाइल र रकेटहरू खुला जमिनमा खसेका छन्।
















पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
एमाले प्रदर्शनले माइतीघर, बबरमहल क्षेत्र तनावग्रस्त
सानेपामा कांग्रेसको ‘संसदीय सचेतना कार्यक्रम’
हेटौंडा सिमेन्ट उद्योगद्वारा क्लिङ्कर उत्पादन सुरु
प्रजातन्त्रको रक्षाका लागि गाउँसम्म विचार पु¥याउनुपर्ने
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
अनैतिक क्रियाकलापमा संलग्न युगाण्डाका २० महिला ठमेलबाट पक्राउ
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी
प्रतिक्रिया