सुर्तीजन्य पदार्थमा कर
कर बढे झण्डै ४३ करोड खिल्ली चुरोटको खपत घट्ने

काठमाडौँ । आर्थिक वर्ष २०७८-७९ बजेटमा सुर्तीजन्य पदार्थको करको दायरा वृद्धि गर्न सरोकारवाला निकायले आह्वान गरेका छन् । अनुसन्धानको क्षेत्रमा काम गर्दै आइरहेको नेपाल विकास अनुसन्धान प्रतिष्ठानले देश कोरोना भाइरस (कोभिड–१९)को उच्च जोखिममा रहेकाले स्वास्थ्य सुधार र बजेटको जोहोका लागि सुर्तीजन्य पदार्थको ५० देखि ७० प्रतिशतसम्म कर वृद्धि गर्न आग्रह गरेको हो ।
प्रतिष्ठानको अध्ययन प्रतिवेदनमा कर वृद्धिले राजश्व बढ्ने र सुर्तीजन्य पदार्थ सेवन निरुत्साहित भई स्वास्थ्य बलियो हुने दाबी गरेको छ । सुर्तीजन्य पदार्थमा कर वृद्धि गरे ४३ करोड ३० लाख चुरोटको खिल्ली अर्थात १ दशमलव ४ प्रतिशतदेखि ६ दशमलव ९ प्रतिशतसम्म खपतमा कमी आउने आँकलन गरिएको छ ।
आगामी आर्थिक वर्षमा सुर्तीजन्य पदार्थको कर ५० देखि ७० प्रतिशतसम्म वृद्धि गरे ८ अर्बदेखि १२ अर्ब रुपैयाँ अर्थात् ४६ दशमलव ६ प्रतिशतदेखि ६६ दशमलव ६ प्रतिशतसम्म राजस्व वृद्धि हुने देखिन्छ ।
प्रतिवेदनअनुसार नेपालमा सुर्तीजन्य पदार्थमा करको दर ३० प्रतिशतकै हाराहारीमा छ । यो दर सार्क राष्ट्रमै सबैभन्दा कम हो । सबैभन्दा बढी बंगलादेशमा सुर्तीजन्य पदार्थबाट कूल राजस्वको ९ दशमलव ५३ प्रतिशत राजस्व संकलन गर्ने प्रतिष्ठानले जनाएको छ ।
विश्व स्वास्थ्य संगठनले नेपाल जस्तो मुलुकले कम्तीमा सुर्तीजन्य पदार्थको करको दर ७० प्रतिशत पुर्याउन दिएको सुझाव पालना गर्नु पर्नेमा जोड छ । अध्ययनानुसार हरेक वर्ष सुर्तीजन्य पदार्थको सेवनले नेपालमा १५ प्रतिशत व्यक्तिले ज्यान गुमाएका छन् ।
सन् २०२० मा सुर्तीजन्य पदार्थको सेवनले निम्तिने रोगको उपचारार्थ खर्च, उत्पादककत्वमा कमी र असामायिक मृत्युसमेत हुँदा कुल ग्राहस्थ उत्पादनको १ दशमलव ४ प्रतिशत अर्थात् ४० अर्ब रुपैयाँ क्षति भएको अध्ययनमा उल्लेख छ । सुर्तीजन्य पदार्थबाट सन् २०२० मा मात्र १८ अर्ब ५५ करोड रुपैयाँ संकलन भएको प्रतिवेदनले जनाएको छ ।
नेपाल सरकारको सुर्तीजन्य पदार्थ प्रयोग नियन्त्रणसम्बन्धी नीतिमध्ये सुर्तीजन्य पदार्थको प्याकेटमा ९० प्रतिशतसम्म स्वास्थ्य चेतावनीमूलक जानकारी राखिएकाले अन्तर्राष्ट्रिय स्तरबाट मान्यता पाएको छ ।
प्रतिष्ठानले सो अध्ययन प्रतिवेदन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेशमान सिंह ठगुन्नालाई हस्तान्तरण गर्दै सुर्तीजन्य पदार्थ चुरोट, सुर्ती, हुक्का, बिडीलगायतमा कर बढाएर महंगो पारे सेवनमा समेत कमी हुने र राजस्वमा वृद्धि हुनेमा जोड दिएको छ ।
सुर्तीजन्य पदार्थमा बढाउँदा कर ! हुन्छ राजस्व वृद्धिको भर !
साथै स्वस्थ्य, सुखी र समृद्ध नेपालको रहर ! !
नारालाई सफल पारी कार्यान्वयनमा लिदा नेपालीको स्वास्थ्यसँगै आर्थिक पक्षमा थप बलियो पुग्थ्यो की ?
















Tourism entrepreneurs troubled due to lack of separate bus park for tourist buses
दुई स्थानीय तहले राष्ट्रिय परिचयपत्र वितरण गर्दै
देशका अधिकांश सहरी क्षेत्रमा वर्षाको सम्भावना
गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
झापामा ‘स्विप अपरेसन’ः एक सय २८ जना पक्राउ
इरान युद्ध अन्त्यका लागि अमेरिकी वार्ता टोली शनिबार पाकिस्तान प्रस्थान
प्रतिक्रिया