ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमा बहस सकियो
मेरोन्यूज
२०८२ चैत १६ गते १४:४४

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउविरुद्ध दायर बन्दीप्रत्यक्षीकरण रिटमा बहस सकिएको छ ।
एमाले अध्यक्षसमेत रहेका ओलीको सुनुवाइ सर्वोच्चका न्यायाधीश मेघराज पोखरेलको इजलासमा र कांग्रेस नेता लेखकको सुनुवाइ न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा भएको थियो ।
ओलीको हकमा उनकी पत्नी राधिका शाक्य र लेखकको हकमा उनकी पत्नी यशोदा लेखकले आइतबार बन्दीप्रत्यक्षीकरण रिट निवेदन दिएका थिए ।
गत भदौ २३ र २४ गते भएको जेजनी आन्दोलनको जाँचबुझ आयोगले दिएको प्रतिवेदनका आधारमा ओली र लेखकलाई शनिबार बिहान पक्राउ गरिएको थियो। दुवै जनालाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न आइतबार जिल्ला अदालत, काठमाडौँले अनुमति दिएको छ।
सम्बन्धित
















निजी क्षेत्रलाई सहज वातावरण दिने अर्थमन्त्रीको प्रतिबद्धता
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
आज पनि घट्याे नेप्से, ४७ अंकले घट्दा काराेबार कति ?
पूर्वप्रधानमन्त्री ओलीको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश
राष्ट्रपति पौडेल र प्रधानन्यायाधीश राउतबीच भेट
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
यस्तो बन्याे प्रधानमन्त्री बालेनको सचिवालय टिम
स्वास्थ्यका जनशक्तिलाई स्वदेशमै बस्ने वातावरण बनाउनुपर्छ: स्वास्थ्यमन्त्री मेहता
प्रतिक्रिया