बुधबार, चैत १८, २०८२

दुईदेखि तीन हप्ताभित्र इरान युद्ध अन्त्य गर्ने ट्रम्पको घोषणा

मेरोन्यूज २०८२ चैत १८ गते ७:५२

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुईदेखि तीन हप्ताभित्र इरान युद्ध अन्त्य गर्ने घोषणा गरेका छन्।

Advertisement
nepal life insurencenepal life insurence

मंगलबार ह्वाइट हाउसमा पत्रकारहरूसँगको कुराकानीमा राष्ट्रपति ट्रम्पले जारी युद्ध अब धेरै नलम्बिने बताएका हुन्।

‘हामी चाँडै बाहिरिनेछौं। सम्भवतः दुई हप्ता, सायद दुई वा तीन हप्ताभित्र,’ उनले भने।

युद्ध अन्त्यका लागि इरानसँग सम्झौता अनिवार्य शर्त नभएको पनि ट्रम्पले बताए। अमेरिकाले फेब्रुअरी २८ मा इसराइलसँग मिलेर इरानमा हमला गरेको थियो। अमेरिकाले इरानविरूद्धको सैन्य कारबाहीलाई ‘अपरेसन एपिक फ्युरी’ नाम दिएको छ।

‘अपरेसन एपिक फ्युरी अन्त्य गर्न कुटनीतिक सम्झौता आवश्यक छैन। इरानले हामीसँग सम्झौता गर्नै पर्छ भन्ने पनि छैन,’ ट्रम्पले पत्रकारहरूसँग भने।

इरानको शासन परिवर्तन अमेरिकाको उद्धेश्य नरहेको पनि ट्रम्पले बताएका छन्। युद्धको सुरूवात र त्यसभन्दा अघि ट्रम्पले इरानको सत्ता परिवर्तन अमेरिकाको चाहना रहेको बताएका थिए।

प्रतिक्रिया