बिहीबार, चैत १९, २०८२

एमाले संसदीय दलको नेतामा बादल निर्वाचित

मेरोन्यूज २०८२ चैत १८ गते १६:५४

काठमाडाैं । नेकपा एमालेको संसदीय दल रामबहादुर थापा बादलले सम्हाल्ने भएका छन् । बुधबार एमालेको केन्द्रीय कार्यालय, ललितपुर च्यासलमा भएको बैठकपछि थापा निर्विरोध चयन भएका हुन्।

Advertisement
nepal life insurencenepal life insurence

बैठकमा दलको नेताका लागि सांसद सुहाङ नेम्वाङले चाहना राखेपनि पछि निर्विरोधरूपमा थापा चयन भएको एमालेका सांसद ऐनबहादुर महरले जानकारी दिए ।

उपाध्यक्ष थापालाई सो पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेल, महासचिव शङ्कर पोखरेललगायत पदाधिकारीले बधाई दिए।

प्रतिनिधिसभामा एमालेका २५ सदस्य छन् ।

प्रतिक्रिया