इरानी राष्ट्रपतिले अमेरिकी जनतालाई खुला पत्र लेख्दै भने- अमेरिका आफ्नै स्वार्थका लागि नभई इजरायलको इशारामा युद्ध लडिरहेको छ

इरानी राष्ट्रपति मसउद पेजेस्कियनले अमेरिकी जनतालाई एउटा खुला पत्र लेख्दै जारी युद्धको औचित्यमाथि प्रश्न उठाउँदै अमेरिका आफ्नै स्वार्थका लागि नभई इजरायलको इशारामा युद्ध लडिरहेको दावी गरेका छन्।
बुधबार राज्य-नियन्त्रित सञ्चारमाध्यम ‘प्रेस टिभी’ मार्फत सार्वजनिक गरिएको एक खुला पत्रमा पेजेस्कियनले राष्ट्रपति डोनाल्ड ट्रम्पको “अमेरिका फस्ट” नीति आजको अमेरिकी सरकारको प्राथमिकतामा छ कि छैन भनी शंका व्यक्त गरे।
यस खुल्ला पत्रमा इरानी राष्ट्रपति पेजेस्कियनले युद्धमा इजरायलको भूमिका र त्यसले अमेरिकामा पारेको प्रभावबारे गम्भीर प्रश्नहरू उठाएका छन्।
पेजेस्कियनले प्रश्न गरेका छन् कि के अमेरिकाले यो युद्ध आफ्नै स्वार्थका लागि नभई इजरायलको इशारामा लडिरहेको छ? उनले अमेरिकालाई इजरायलद्वारा “परिचालित र प्रभावित” भएको आरोप लगाउँदै यो आक्रमण इजरायलको ‘प्रोक्सी’ (प्रतिनिधि) का रूपमा गरिएको हो कि भन्ने आशंका व्यक्त गरे।
उनका अनुसार, इजरायलले इरानलाई “खतरा” को रूपमा प्रस्तुत गरेर विश्वको ध्यान प्यालेस्टाइनीहरू विरुद्ध गरिएका आफ्ना अपराधहरूबाट हटाउन खोजिरहेको छ। उनले यसलाई इजरायलको एउटा रणनीतिक चालको रूपमा चित्रण गरेका छन्।
राष्ट्रपति पेजेस्कियनले कडा शब्दमा लेखेका छन्, “के यो स्पष्ट छैन र कि इजरायल अब अन्तिम अमेरिकी सिपाही र अन्तिम अमेरिकी करदाताको डलर रित्तुञ्जेल इरानसँग लड्न चाहन्छ?” उनले इजरायलले आफ्नो भ्रमको भार इरान, यो क्षेत्र र स्वयं अमेरिकामाथि थोपरेर अवैध स्वार्थ पूरा गर्न खोजेको दाबी गरे।
पेजेस्कियनले लेखेका छन्, “निर्दोष बालबालिकाको हत्या, क्यान्सर उपचार गर्ने औषधि कारखानाहरूको विनाश, वा कुनै देशलाई ‘ढुङ्गाको युगमा पुऱ्याउने’ घमण्ड गर्नाले अमेरिकी जनतालाई के फाइदा हुन्छ? यसले विश्वमा अमेरिकाको छवि बिगार्ने बाहेक केही गर्दैन।”
उनले इरानलाई खतराको रूपमा चित्रण गरिएको कुरालाई अस्वीकार गरे। उनले उल्लेख गरे कि इरान बहुपक्षीय आणविक वार्तामा सहभागी भइरहेकै बेला दुई पटक आक्रमणको सिकार भयाे । पहिलो पटक सन् २०२५ जुनमा इजरायलद्वारा र दोस्रो पटक यसै वर्ष फेब्रुअरीको अन्त्यमा अमेरिका र इजरायलद्वारा।
इरानको ऊर्जा र औद्योगिक पूर्वाधारमा आक्रमण गर्नु प्रत्यक्ष रूपमा इरानी जनतालाई निशाना बनाउनु भएको र यो एक ‘युद्ध अपराध’ भएको उनले बताए। यसले क्षेत्रमा अस्थिरता र आर्थिक क्षति मात्र निम्त्याउने उनको तर्क छ।
















मालपोत कार्यालयको सेवा प्रवाहमा अवरोध गर्ने १६ जना पक्राउ
इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड ‘मोर्बिडेली’ नेपाली बजारमा सार्वजनिक
पाँचथरमा जिप दुर्घटना हुँदा युवकको मृत्यु
राजस्व चुहावट नियन्त्रणका लागि कार्ययोजना बनाएर काम गर्न निर्देशन
NCP takes critical stand in parliament, Barsha Man Pun says
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
ठगीको अभियोगमा एक जना पक्राउ
काठमाडौंका पूर्व सीडीओ रिजाल पक्राउ
प्रतिक्रिया