देववृक्ष उत्पादन गर्दै डिभिजन वन कार्यालय

चितवन । यहाँ डिभिजन वन कार्यालयले देववृक्ष उत्पादन सुरु गरेको छ । कार्यालयले देव वृक्ष अर्थात् वर, पिपल, स्वामी, खयर, आँप, अम्बा, बेल, अमला, पलाँस, काभ्रोलगायत बिरुवा उत्पादन सुरु गरेको हो ।
कार्यालय प्रमुख विष्णुप्रसाद आचार्यका अनुसार देववृक्षसँगै ग्रह, नक्षेत्र र रासि बाटीकाअनुसारका वृक्ष उत्पादन सुरु गरिएको छ । यस क्रममा पहिलो वर्ष १० हजार बिरुवा उत्पादन गरेर वितरण गर्ने तयारी गरिएको छ । उनले भने, “ग्रह बाटीकाका लागि नौ प्रजाति, रासि बाटीकाका लागि १२ प्रजाति र नक्षेत्र बाटीकाका लागि २७ प्रजातिका बिरुवा उत्पादन सुरु गरेका छौँ । सुरुआतको वर्ष भएकाले यस्ता बिरुवा कम उत्पादन गर्न थालिएको हो ।”
कार्यालय प्रमुख आचार्यले यस्ता बिरुवा बाटीका निर्माणका लागि प्रदान गरिने बताए । धर्म संस्कारअनुसार आवश्यक बिरुवाको बाटीका बनाउँदा धार्मिक पर्यटन बढ्ने उहाँको भनाइ छ । “हामीले वन जोगाउने भनेको वातावरण, वन्यजन्तु जोगाउने मात्र नभई इतिहास, सभ्यता र संस्कृतिसँगै समृद्धिको आधार तयार गर्नु पनि हो । त्यसतर्फ ध्यान दिइरहेका छौँ”, आयार्यले भने ।
कार्यालयले यसवर्ष एक लाख २० हजारभन्दा बढी बिरुवा उत्पादन गरेर वितरण गर्ने तयारी रहेको जनाएको छ । कार्यालयका सूचना अधिकारी देवीप्रसाद पौडेलले यीबाहेक गतवर्ष उत्पादन भएर वितरण गर्न बाँकी रहेका १० हजार बिरुवाका साथै अन्य २५ हजार बहुवर्षीय बिरुवा वितरण गर्ने योजना रहेको बताए ।
उनका अनुसार गत आर्थिक वर्षमा एक लाख ५० हजार बिरुवा वितरण गरिएको थियो । हरेक वर्ष असार १५ गतेदेखि बिरुवा वितरण गरिँदै आएको छ ।
















स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
सेना, कर्मचारी र अन्तर्राष्ट्रिय समुदायसँग हाम्रो सम्बन्ध मित्रवत नै छ : एमाले
एमालेले दियो प्रधानमन्त्री बालेनलाई औपचारिक बधाई
इरानद्वारा दोस्रो अमेरिकी एफ-३५ लडाकू विमान खसालेको दाबी
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
आजको मौसमःपहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
प्रतिक्रिया