शुक्रबार, चैत २०, २०८२

सभामुखमा डीपी अर्याल निर्विरोध निर्वाचित

मेरोन्यूज २०८२ चैत २० गते १४:२०

काठमाडाैं । प्रतिनिधि सभाको सभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डीपी अर्याल निर्विरोध निर्वाचित भएका छन्।

Advertisement
nepal life insurencenepal life insurence

सभामुखमा एकल उम्मेदवारी परेपछि अर्याल निर्विरोध भएका हुन्।

सचिवालयले आज बिहान ११ बजेदेखि २ बजेसम्म उम्मेदवारी दर्ताका लागि समय तोकेको थियो । उक्त समयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा प्रतिनिधिसभा सदस्य रवि लामिछाने प्रस्तावक तथा अर्थमन्त्री डा.स्वर्णिम वाग्ले,कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साललाई समर्थक राखेर अर्यालले उम्मेदवारी दर्ता गराएका थिए।

अब चैत २२ गते आइतबार बस्ने प्रतिनिधिसभाबाट सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा गरिनेछ।

प्रतिक्रिया