इरानमा बेपत्ता अमेरिक पाइलटको भाग्यमाथि बाजी लगाएपछी पोलिमार्केट आलोचनामा

इरान-अमेरिका युद्धका क्रममा इरानले खसालिदिएको एक अमेरिकी लडाकु विमानबाट खसेर वेपत्ता अमेरिकी वायुसेनाका पाइलटको भाग्यमा बाजी लगाएकोमा भविष्यवाणी प्लेटफर्म पोलिमार्केटको आलोचना भएको छ ।
एफ-१५इ स्ट्राइक ईगल विमान दक्षिण-पश्चिमी इरानको आकाशमा खसालिएको थियो । यसमा दुईजना चालक दलका सदस्य थिए । जसमध्ये एक जनालाई अमेरिकी सेनाले उद्धार गरेको छ भने अर्का एक सदस्य अझै बेपत्ता छन् ।
बेपत्ता उनै पाइलटको भविष्यबारे पोलिमार्केटमा बाजी राखिएपछी अहिले धेरैले अमेरिकामा विरोध गरीरहेका छन् ।
अमेरिकाका डेमोक्र्याट सांसद सेथ मौल्टनले एक पोस्टमा लेखेका छन् ,-“इरानमाथि विमान खसालिएको अमेरिकी पाइलटको खोजी र उद्धार अभियान चलिरहेको छ, उनीहरूको अवस्था अज्ञात छ। तिनीहरू तपाईंको छिमेकी, साथी, परिवारको सदस्य हुन सक्छन्। मानिसहरू उनीहरूलाई बचाइनेछ कि छैन भनेर बाजी लगाइरहेका छन्। यो घृणित छ।”
ट्रम्पको युद्ध योजनाहरूमा जुवा खेल्न सहजीकरण गरेकोमा छानबिनमा आएको पोलिमार्केटले मौल्टनलाई जवाफ दिँदै उसल मापदण्ड उल्लङ्घन गरेको स्विकार गर्दै तुरुन्तै बाजी रद्द गरेको जनाएको छ ।
















उद्योग वाणिज्य महासङ्घ, लुम्बिनीको अध्यक्षमा श्रेष्ठ निर्वाचित
नयाँ शैक्षिकसत्र वैशाख २ गतेदेखि, पाठ्यपुस्तक विद्यालयमा पु¥याइँदै
फोहरबाट मोहरः व्यासले कमायो १७ लाख
‘पिएसपिपी’बाट देशको आर्थिक उन्नयनमा योगदान पुग्छ:चन्द्रप्रसाद ढकाल
पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा प्रदर्शन
एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी थापालाई
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
सर्वसाधारणलाई मन्त्रालयमै बोलाएर गुनासो सुन्दै गृहमन्त्री
प्रतिक्रिया