उपसभामुखमा श्रम संस्कृती पार्टीले पनि उम्मेदवारी दिने
मेरोन्यूज
२०८२ चैत २१ गते ८:१९

प्रतिनिधि सभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीले उम्मेदवारी दिने भएको छ।
पार्टी अध्यक्ष एवम् संसदीय दल नेता हर्क साम्पाङले शनिबार फेसबुकमा पोस्ट लेखेर उपसभामुखमा पार्टीले उम्मेदवारी दिने जानकारी दिएका हुन्।
‘सभामुख निर्विरोध चयन हुनु भएकोमा बधाइ दिइसक्यौं। अब उपसभामुख चयनको निर्वाचन हुँदैछ। हामी महिला उम्मेद्वार खडा गर्दैछौं। हेरौं नयाँले नयाँलाई भोटहाल्छ कि उही पुरानालाई। ७ भोट आउँछ कि १८९?,’ उनले लेखेका छन्।
सभामुख राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का डिपी अर्याल हुने निश्चित भएको छ। शुक्रबार उम्मेदवारी दर्ता गर्ने दिनमा उनको मात्रै उम्मेदवारी परेको थियो।
आइतबार उनी सभामुख नियुक्त हुनेछन् । उपसभामुख भने विपक्षी दललाई दिइने अभ्यास छ। नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टीले पनि उपसभामुखमा उम्मेदवारी दिने तयारी गरेको छ।
सम्बन्धित
















चितवनमा सहचालकले बस ब्याक गर्दा …
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
ट्रम्पको ४८ घण्टे अल्टिमेटम इरानद्वारा अस्वीकार
ओली-लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आजबाट सुनुवाइ हुने
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
सिंहदरबार बदल्न आएका हौँ, हनिमुन पिरियड चाहिँदैन : रवि लामिछाने
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
प्रतिक्रिया