सोमबार, चैत २३, २०८२

ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिट : आज पनि निरन्तर सुनुवाइ

मेरोन्यूज २०८२ चैत २३ गते १०:४८

काठमाडौँ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरण रिटको आज पनि निरन्तर सुनुवाइ हुने भएको छ । आइतबार सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा र न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा सुनुवाइ भएको थियो ।

Advertisement
nepal life insurencenepal life insurence

आइतबार ओली र लेखकको तर्फबाट कानुन व्यवसायीहरूको बहस सकिएको छ । आज महान्यायाधिवक्ता कार्यालयका तर्फबाट सरकारी वकिलले बहस गर्नेछन् ।

जेनजी आन्दोलनका घटनाको जाँचबुझ गर्न बनेको गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णयअनुसार प्रहरीले चैत १४ गते दुवै जनालाई पक्राउ गरेको थियो ।

उक्त पक्राउ गैरकानूनी भनेर कांग्रेस नेता तथा पूर्वगृहमन्त्री लेखकका तर्फबाट यशोदा लेखक र ओलीका तर्फबाट राधिका शाक्यले चैत १५ गते बन्दीप्रत्यक्षीकरण निवेदन दर्ता गराएका थिए । चैत १६ गते दुवै रिटमा भएको छुट्टाछुट्टै इजलासपछि विपक्षी सरकारका नाममा कारण देखाउ आदेश भएको थियो ।

प्रतिक्रिया