देउवालाई प्रधानमन्त्री बनाउन एमालेकै २३ नेता सर्वोच्चमा, कुन पार्टीको कति सांसद सहभागी

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग राख्दै नेकपा एमालेका नेता माधवकुमार नेपाल समूहका २३ जनाले हस्ताक्षर गरेका छन् । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति देउवाले आफूलाई प्रधानमन्त्री बनाउनु पर्ने माग राख्दै राष्ट्रपति कार्यालयमा दर्ता पेश गरेका थिए ।
जसमा प्रधानमन्त्रीसमेत रहेको ओलीले एमालेको १२१ जना र जसपाका ३२ जना सांसदको साथ रहेको आधार दिएका थिए । यस्तै, सभापति देउवाले एमालेकै २८ सांसदसहित १४९ जना सांसदको हस्ताक्षर बुझाएका थिए ।
प्रधानमन्त्रीमा दुई नेताको दाबी परेसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि प्रधानमन्त्री नियुक्त गर्ने कुनै तथ्यपरक आधार नदेखिएको भन्दै दुवै नेताको दाबीलाई खारेज गरिदिएकी थिइन् । यसको विरुद्धमा नेकपा एमालेकै नेता नेपाल पक्षसहित नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीका बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षका सांसदहरू हस्ताक्षरसहित प्रतिनिधिसभा विघटन र देउवालाई प्रधानमन्त्री बनाउनु पर्ने माग राख्दै सवोच्च अदालत जाने भएको हो ।
देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्नेमा नेता नेपाल पक्षबाट २३ जना रहेको सोमप्रसाद पाण्डेले जानकारी दिए । उनका अनुसार गत शनिबार राष्ट्रपतिको कार्यालयमा पेश भएको हस्ताक्षरमध्ये केही सांसद काठमाडौँ बाहिर गएकाले कमी भएको हो । जसमा केही सांसदहरूसमेत थपिएका छन् ।
आज सर्वोच्चमा हस्ताक्षर गरी पेश गरिएको सांसदहरूमा कांग्रेसका ६१ जना, माओवादी केन्द्रका ४८ जना, एमाले (नेपाल पक्ष)का २६ जना, जसपाका १३ जना राष्ट्रिय जनमोर्चाका १ जना रहेका छन् । तर, नेपाल पक्षबाट हस्ताक्षर गर्न छुटेकाहरूमा गोकर्ण विष्ट, राजबहादुर बुढा र गणेश पहाडी रहेका छन् ।
देउवालाई प्रधानमन्त्री बनाउनु पर्ने माग राख्दै हस्ताक्षर गर्ने नेकपा एमालेका सांसहरू ः
१, विरोध खतिवडा
२, जीवनराम श्रेष्ठ
३, घनश्याम भुसाल
४, सोमप्रसाद पाण्डे
५, कृष्णलाल महर्जन
६, झपट रावल
७, निरादेवि जैरू
८, सरलाकुमारी यादव
९, कल्याणी खड्का
१०, लक्ष्मी चौधरी
११, माधव नेपाल
१२, भीम रावल
१३, कलिला खातुन
१४, रामकुमारी झाँक्री
१५, झलनाथ खनाल
१६, पुष्पा कर्ण कायस्थ
१७, भवानीप्रसाद खापुङ
१८, यज्ञ सुनुवार
१९, सुरेन्द्र पाण्डे
२०, मुकुन्द न्यौपाने
२१, मेटमणि चौधरी
२२, दीपकप्रकाश भट्ट
२३, नारायण खतिवडा


















ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
काठमाडौँ प्रहरीको सक्रियता, एक महिनामा एक हजार १६६ मुद्दा दर्ता
प्रतिक्रिया