फोहरलाई वर्गीकरण गरेर राख्न टीकापुर नगरपालिकाको आग्रह

भजनी (कैलाली), २६ चैतः टीकापुर नगरपालिकाले घरबाट निस्केका फोहरलाई वर्गीकरण गरेर राख्न आग्रह गरेको छ । फोहरलाई घरभित्रबाट अलग अलग गरेर राखिएमा व्यवस्थापनमा सहयोग पुग्ने नगरपालिकाले जनाएको छ ।
यसका लागि नगरपालिकाले टोल, बस्ती तथा बजार क्षेत्रमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ । “सबै प्रकारको फोहर एकै ठाउँमा हुँदा त्यस्को व्यवस्थापनमा चुनौती मात्रै होइन, सुरक्षाका दृष्टिकोणले पनि सरसफाइकर्मीलाई समस्या हुने गरेको छ”, नगरपालिकाका सरसफाइ शाखा प्रमुख लोकबहादुर बुढाले भने , “त्यसो नहोस् भन्नका लागि नागरिकहरूलाई फोहरको वर्गीकरण गर्न सिकाइ हुने गरी गाउँटोलमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको हो ।”
टीकापुर –२ विजयनगरकी सुनिता विकले अबका दिनमा फोहरको वर्गीकरण घरबाट गर्ने जानकारी दिइन् । नगरपालिकाले ठाउँठाउँमा फोहर सङ्कलनको व्यवस्थापन गर्न आरती थापाले सुझाव दिइन् ।
















मध्यपूर्व युद्धले विश्व अर्थतन्त्रमा ठूलो असर
DoFE directs cyber centres, training centres to remove misleading announcements
इरानले स्ट्रेट अफ होर्मुजमा शुल्क लगाउनु हुदैन ः ट्रम्प
Price of gold rises
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
डेपुटी गभर्नर पण्डितले लिए शपथ
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
प्रतिक्रिया