नयाँ वर्ष २०८३ को अवसरमा केयी नेपालको देशभर एक्स्चेन्ज क्याम्प

काठमाडौं । लक्ष्मी ई-मोबिलिटी प्रालि र जीओ अटोमोबाइल प्रालिले नयाँ वर्ष २०८३ को अवसरमा केयी एक्सचेन्ज क्याम्पको घोषणा गरेका छन् ।
ग्राहकलाई सहज र उत्कृष्ट मूल्यमा आफ्नो सवारी अपग्रेड गर्ने सुविधान प्रदान गर्नका लागि कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ।
एक्सचेन्ज कार्निभल देशभर रहेका केयी गाडीको शोरुममा चैत २७ गतेदेखि २९ गतेसम्म गर्न लागिएको हो । यसमा आफ्ना पुराना सवारीसाधन साटेर केयी मोडलका नयाँ गाडीहरू खरिद गर्न सकिनेछ ।
काठमाडौंमा भने थापाथलीमा रहेको केयी शोरुम नजिकै बिहान १० बजेदेखि साँझ ६ बजेसम्म कार्यक्रम सञ्चालन हुने बताइएको छ । यहाँ गाडी साटफेरबाहेक लाइभ फुडस्टल, मनोरञ्जनात्मक गतिविधिहरू समेत सञ्चालन हुनेछन् ।
यो योजनाअन्तर्गत ग्राहकले नयाँ वर्ष विशेष नगद फाइदा, आकर्षक एक्सचेन्ज बोनस, उत्कृष्ट सवारी मूल्यांकन, फाइनान्सिङ सुविधा, अटो बीमा, ७ किलोवाटको चार्ज सुविधा र प्रत्येक बुकिङमा जोडीका लागि दुसित थानी धुलिखेलमा एक रातको नि:शुल्क प्याकेज राखिएको छ ।















लागूऔषधसहित दुई जना पक्राउ
लुम्बिनी प्रदेशसभाको १०औँ बैठक बस्दै
वाइफाइ जडान गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुमा बस दुर्घटना २६ जना घाइते
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
डेपुटी गभर्नर पण्डितले लिए शपथ
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
प्रतिक्रिया