मन्त्रिपरिषद् विस्तार, उद्योगमन्त्रीमा गौरीकुमारी र श्रममन्त्रीमा रामजी यादव
मेरोन्यूज
२०८२ चैत २७ गते १४:२९

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद विस्तार गरेका छन्।
प्रधानमन्त्री शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आज उद्योग, वाणिज्य तथा आपूर्ति र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री नियुक्त गरेका हुन्।
उद्योगमन्त्रीमा गौरी कुमारीलाई नियुक्त गरिएको छ । यस्तै श्रममन्त्रीमा रामजी यादवलाई नियुक्त गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । मन्त्री नियुक्त भएका दुवैजना राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हुन् ।
उनीहरूले आजै पद तथा गोपनीयताको शपथ लिने तयारी छ।
बिहीबार प्रधानमन्त्री शाहले दिपककुमार साहलाई श्रममन्त्रीबाट पदमुक्त गरेका थिए।यस्तै उद्योग मन्त्रालय सुरुदेखि नै प्रधानमन्त्री बालेनले आफैँसँग राखेका थिए ।
सम्बन्धित
















पर्यटन विकासलाई दिगो बनाउन गाउँ केन्द्रित हुनुपर्छः अध्यक्ष दाहाल
फरार प्रतिवादी धमाधम पक्राउ पर्दै
‘गाउँ पर्यटन प्रवर्द्धन मञ्च’को अध्यक्षमा थपलिया
अनुसन्धान, प्रविधि र उत्पादनसँग जोडिएको शिक्षा आवश्यकः मुख्यमन्त्री पाण्डे
आइतबार ‘ओपिडी’ सञ्चालन गर्न सकिँदैन : चिकित्सक सङ्घ
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
प्रतिक्रिया