साना उद्यमीको रोजाइ बन्दै इनड्राइभ.कुरियर्स

काठमाडौं । इनड्राइभले नेपाली नयाँ वर्षको अवधिमा आफ्नो डेलिभरी सेवा इनड्राइभ.कुरियर्स प्रति उल्लेखनीय रूपमा माग बढेको जनाएको छ । विशेषगरी साना तथा मध्यम व्यवसायले यस वृद्धिमा महत्त्वपूर्ण भूमिका खेलेका छन् ।
इनड्राइभ.कुरियर्स एक अन–डिमान्ड डेलिभरी सेवा हो । जसले व्यक्ति र व्यवसायलाई छिटो, भरपर्दो र पारदर्शी रूपमा सामान पठाउन कुरियर सेवासँग जोड्छ । यस सेवामार्फत ग्राहक र कुरियरबीच सिधै सहमतिमा उचित भाडा निर्धारण गरी सहरभित्र पार्सल पठाउन सकिन्छ । औसतमा, कुरियरहरू ५–६ मिनेटमै पिकअप स्थानमा पुग्छन् भने ४० सेकेन्डभन्दा कम समयमा अर्डर मिलान हुन्छ । औसत डेलिभरी दूरी करिब ६ किलोमिटर रहेको छ ।
इनड्राइभको आन्तरिक तथ्यांकअनुसार, सन् २०२५ को नेपाली नयाँ वर्षको अवधिमा डेलिभरी अर्डर संख्या अघिल्लो वर्षको तुलनामा दुई बढीले बढेको थियो । साथै, कुल प्रयोगकर्ता संख्या र साना तथा मध्यम व्यवसाय साझेदार, जसमा स्थानीय पसल, अनलाइन विक्रेता र घरबाट सञ्चालन हुने व्यवसायहरू समावेश छन् । दुवैमा उल्लेखनीय वृद्धि भएको देखिएको छ ।
अघिल्लो वर्षको तुलनामा सक्रिय व्यवसाय प्रयोगकर्ताको संख्या २.६ गुणाले बढेको छ, जसले साना व्यवसायहरूमा डेलिभरी सेवाको प्रयोग तीव्र रूपमा बढिरहेको संकेत गर्दछ । यस अवधिमा प्रयोगकर्ताहरूले कपडा, दैनिक उपभोग्य सामग्री, खाना, स्पेयर पार्ट्सदेखि बाकस तथा अन्य पार्सलसम्म विभिन्न सामान पठाउन प्लेटफर्म प्रयोग गरेका थिए ।
इनड्राइभ नेपालकी कन्ट्री रेप्रेजेन्टेटिभ रिता पोखरेलले भनिन्, “नेपाली नयाँ वर्ष साना व्यवसायहरूका लागि अत्यन्त महत्त्वपूर्ण समय हो, जहाँ उनीहरूको वार्षिक बिक्रीको ठूलो हिस्सा यसै अवधिमा हुने गर्छ । हामीले थप उद्यमीहरूले छिटो र उचित सर्तमा आफ्ना ग्राहकसम्म पुग्न इनड्राइभ.कुरियर्समा निर्भर हुँदै गएको देखिरहेका छौँ ।”
















कार्की आयोगको प्रतिवेदन अपूर्ण र पूर्वाग्रही: नेकपा संयुक्त
निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
बिदा विवादले अन्यौलमा अस्पताल, चिकित्सक भन्छन्- आइतबार काम गर्न सकिँदैन
पाकिस्तानमा वार्ता चलिरहँदा ट्रम्पले भने- ‘इरानले ठुलो हार ब्यहोरिरहेछ’
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
आज देशभर मौसम बदली,यी स्थानमा भारि वर्षा
आज बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
प्रतिक्रिया