अफगानिस्तानमा घरको छत खस्दा आठ जनाको मृत्यु
मेरोन्यूज
२०८२ चैत २८ गते १३:५६

पूर्वी अफगानिस्तानको परवान प्रान्तमा शनिबार घरको छत खस्दा एउटै परिवारका आठ जनाको मृत्यु हुनुका साथै अर्को एक जना घाइते भएको प्रान्तीय प्रहरी प्रवक्ता फजल रहिम मुस्किनियारले बताएका छन् ।
स्यागिरड जिल्लामा भारी वर्षाका कारण घरको छत खस्दा दुर्घटना भएको अधिकारीले पुष्टि गरेका छन् ।
यसअघि काबुलको बागरामी क्षेत्रमा यस्तै दुर्घटनामा हुँदा एउटै परिवारका आठ जनाको ज्यान जानुका साथै एक बालक घाइते भएको जनाइएको थियो ।
अफगानिस्तानमा विगत दुई हप्तामा बाढी जन्य घटनाहरुका कारण १४८ जनाको मृत्यु हुनुका साथै २०० भन्दा बढी घाइते भएको बताइएको छ ।
सम्बन्धित
















नयाँ वर्षका अवसरमा मस्कोमा सांस्कृतिक कार्यक्रम सम्पन्न
कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको हुने
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
उपसभामुख ठाकुरले लिइन् शपथ
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
प्रतिक्रिया