इरानी प्रतिनिधिलाई सैन्य पोशाकमा र अमेरिकीलाई सुटमा स्वागत गरे पाकिस्तानी सेना प्रमुखले

पाकिस्तान । पाकिस्तानका सेना प्रमुख फिल्ड मार्शल असिम मुनिरले वार्ताका लागि आएका अमेरिकी प्रतिनिधि मण्डल र इरानी प्रतिनिधि मण्डललाई स्वागत गर्दा लगाएको पोशाक अहिले विश्वभर चर्चांको विषय भएको छ ।
इरानी प्रतिनिधिमण्डल इस्लामावाद पुग्दा पाकिस्तानका सेना प्रमुख मुनिरले सैनिक पोशाकमा स्वागत गरे। तर अमेरिकी उपराष्ट्रपति जेडी भेन्स ओर्लंदा भने उनी सुटमा देखिए।
अल जजिराले यो पोशाक परिवर्तनले कुनै विशेष अर्थ राख्छ वा यसको पछाडि कुनै निश्चित प्रोटोकल छ भन्नेबारे सामाचार सम्प्रेशण गरेको छ । पाकिस्तानका पूर्व सैन्य शासक परवेज मुसर्रफको कार्यकालमा सेवा गरेका एक पूर्व जनरलले यस्ता प्रतिनिधिमण्डलहरूलाई स्वागत गर्दा सेना प्रमुखले के लगाउनुपर्छ भन्ने बारे कुनै निश्चित नियम नरहेको अलजजिरालाई बताएका छन् ।
‘सामान्यतया, उनीहरूको कर्मचारी टोलीले पोशाकको सुझाव दिन्छ, वा कहिलेकाहीँ यो सेना प्रमुखकै इच्छामा भर पर्छ कि उनी कस्तो प्रभाव पार्न चाहन्छन्। मुसर्रफको पालामा हामी सेवामा रहँदा, उनले कहिलेकाहीँ युनिफर्ममा त कहिलेकाहीँ सुटमा प्रतिनिधिहरूलाई भेट्ने गर्थे,’ ती पूर्व जनरललाई उद्धृत गर्दै अल जजिराले लेखेको छ ।
‘राष्ट्रपति वा उपराष्ट्रपतिहरूलाई भेट्दा प्रोटोकलहरू पक्कै पनि फरक हुन्छन्। सामान्यतया यस्ता अति विशिष्ट व्यक्तिहरूको स्वागत टोलीमा सेना प्रमुख सहभागी हुँदैनन्। तर अहिले हामी असाधारण समयमा छौं, यी सामान्य प्रोटोकलहरू होइनन्,’ उनले अल जजिरासँग भने।
सामान्य प्रोटोकलभन्दा फरक देखिएको यो उपस्थिति र शैलीले चलिरहेको युद्धविराम वार्ताको महत्त्वलाई झल्काउने उनले बताए । उनका अनुसार यो वार्ता ‘पाकिस्तानका लागि मात्र नभई विश्वकै लागिू महत्त्वपूर्ण छ।’


















इस्लामावादमा इरान–अमेरिका वार्ता सुरु
सङ्घीयता सुदृढ बनाउन संविधान संशोधन गर्न सकिन्छ: संयोजक दाहाल
नुवाकोटमा आफैँले काटेको रुखले लागेर एक जनाको मृत्यु, दुई घाइते
पर्यटन विकासलाई दिगो बनाउन गाउँ केन्द्रित हुनुपर्छः अध्यक्ष दाहाल
फरार प्रतिवादी धमाधम पक्राउ पर्दै
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
प्रतिक्रिया