कम्बोडियाले थाइल्यान्डलाई सीमा विवादमा तत्काल वार्ता सुरु गर्न आग्रह

लामो समयदेखि विवादित रहँदै आएको सीमाक्षेत्रमा पुनः तनाव बढिरहँदा कम्बोडियाले थाइल्यान्डलाई तत्काल वार्ता पुनः सुरु गर्न आग्रह गरेको छ । गत वर्ष भएका घातक झडपपछि भएको युद्धविराम सम्झौतासमेत प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको अवस्थामा कम्बोडियाले कूटनीतिक संवादलाई पुनर्जीवित गर्न जोड दिएको हो ।
कम्बोडियाका प्रधानमन्त्री हुन मानेटले शनिबार सामाजिक सञ्जालमार्फत जारी वक्तव्यमा दुवै देशले ‘छिटो र निष्कपटताका साथ’ सहकार्य गर्नुपर्नेमा जोड दिए । उनले सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नागरिकहरूको दीर्घकालीन शान्ति र सुरक्षाका लागि संवाद अपरिहार्य रहेको बताए । “यसले साझा सीमामा बस्ने जनतालाई शान्तिपूर्वक जीवनयापन गर्न मार्ग प्रशस्त गर्नेछ र कम्बोडिया यसका लागि पूर्ण रूपमा तयार छ”, उनले उल्लेख गरे ।
तर थाइल्यान्डले भने तत्काल वार्तामा फर्किने सङ्केत दिएको छैन । थाइल्यान्डका विदेशमन्त्री सिहासाक फुआंगकेटकेओले शनिबार आफ्नो देश हालै नयाँ सरकार गठनको प्रक्रियामा रहेकाले तत्काल वार्ता पुनः सुरु गर्ने स्थितिमा नरहेको बताउनुभयो । उहाँले कम्बोडियाको आग्रहलाई अस्वीकार नगरे पनि थाइल्यान्डले आफ्नै आन्तरिक प्रक्रियाअनुसार निर्णय लिने स्पष्ट पारे ।
दुई देशबीच करिब ८०० किलोमिटर लामो सीमाको सीमाङ्कनबारे दशकौँदेखि विवाद रहँदै आएको छ । विवादको जड फ्रान्सेली औपनिवेशिक कालमा कोरिएका सीमारेखासँग जोडिएको छ । यो विवाद गत वर्ष हिंसात्मक झडपमा परिणत हुँदा जुलाई र डिसेम्बरमा भएका सङ्घर्षमा दर्जनौँको ज्यान गएको थियो भने १० लाखभन्दा बढी मानिस विस्थापित भएका थिए ।
डिसेम्बर अन्त्यमा दुवै देशले युद्धविराम सम्झौतामा हस्ताक्षर गर्दै वार्तामार्फत समाधान खोज्ने सहमति गरेका थिए । तर त्यसपछि पनि सीमामा तनाव कायम रहेको छ र दुवै पक्षले एकअर्कामाथि युद्धविराम उल्लङ्घनको आरोप लगाउँदै आएका छन् ।
कम्बोडियाले विशेषगरी थाई सेनाले सीमावर्ती केही क्षेत्रहरू कब्जा गरेको आरोप लगाएको छ, जुन सम्झौताविपरीत रहेको भन्दै ती क्षेत्र तुरुन्त फिर्ता गर्न माग गरेको छ । यसले वार्ताको वातावरणलाई थप जटिल बनाएको विश्लेषण गरिएको छ ।
यस पृष्ठभूमिमा कम्बोडियाको पछिल्लो आह्वानलाई क्षेत्रीय स्थायित्वका लागि कूटनीतिक प्रयासलाई पुनः सक्रिय बनाउने प्रयासका रूपमा हेरिएको छ, यद्यपि थाइल्यान्डको सावधानीपूर्ण धारणा कायम रहँदा तत्काल प्रगतिको सम्भावना अनिश्चित देखिएको छ ।
















कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक २ गते बस्ने
BP Koirala Memorial Cancer Hospital in financial problem as most services are free
राष्ट्र बैंकद्वारा घरजग्गा कारोबारको प्रवृत्तिसम्बन्धी तथ्याङ्क सार्वजनिक
उपसभामुख रुबीकुमारी ठाकुरद्वारा पदभार ग्रहण
ज्यान हत्केलामा राखेर लिएको सदस्यता कसैको लहडमा भाषण गरेर खारेज हुन सक्दैन-पूर्णबहादुर खड्का
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
उपसभामुख ठाकुरले लिइन् शपथ
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उद्योग र श्रममन्त्रीद्वारा शपथ
प्रतिक्रिया