वार्ता असफल भएसँगै विश्वबजारमा अत्याधिक बढ्न थाल्यो तेलको मुल्य
मेरोन्यूज
२०८२ चैत ३० गते ७:१५

सिंगापुर । अमेरिका–इरानबीच युद्ध बिरामसँगै घटेको तेलको मुल्य दुई देशको वार्ता असफल भएसँगै फेरि व्यापक बढेको छ ।सोमबार तेलको मूल्य प्रति ब्यारेल १०० डलरभन्दा माथि उक्लिएको छ।
अमेरिकी नौसेनाले हर्मुज जलडमरूमध्यमा नाकाबन्दी गर्ने तयारी गरिरहँदा इरानको तेल आपूर्ति प्रभावित हुन सक्ने चिन्ता बढेको छ।
ब्रेन्ट क्रुड प्रति ब्यारेल १०२.८० पुगेको छ । जुन ७.९८ प्रतिशतले बढेको हो। शुक्रबार भने यो ०.७५% घटेको थियो।
अमेरिकी डब्लुटिआई तेल १०४.८८ प्रति ब्यारेल पुगेको छ, जुन ८.६१ प्रतिशतले वृद्धि भएको हो।
विश्वको सबैभन्दा महत्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक हर्मुज जलडमरूमा सम्भावित अवरोधका कारण विश्व बजारमा तेल आपूर्ति घट्ने डरले मूल्यमा तीव्र वृद्धि सुरु भएको हो ।
सम्बन्धित


















विश्वकप लिग–२ सिरिजका लागि नेपाली १५ सदस्यीय टोली घोषणा, अर्जुनले पनि पाए मौका
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति, इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने कांग्रेसको निर्णय
इरानमा पक्राउ परेका अमृत झा रिहा
प्रतिक्रिया