कोरोनाबाट बचाउन बालबालिकाका लागि २ सय आइसियू थप्ने तयारी
मेरोन्यूज
२०७८ जेठ १० गते १७:३५

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बालबालिकाहरुको दुई सय आइसियू बेड थप्ने तयारी गरेको छ ।
मन्त्रालयका सचिव लक्षमण अर्यालले बालबालिकाका लागि उक्त संख्याको आइसियू बेड थप्ने तयारी रहेको जानकारी दिए । उनले भने, “अब छिटै बेड थप्ने तयारी गरिरहेका छौँ ।”
कोरोना भाइरस (कोभिड–१९) को तेस्रो लहर अक्टोबर र नोभेम्बरमा आउने विज्ञहरूले बताउँदै आउँदा बालबालिकाका लागि छुट्टै बेड थप्ने तयारी गरेको हो । त्यो लहरमा बालबालिकाहरू बढी प्रभावित हुने चिकित्सकहरु बताउँदै आएका छन् ।
नेपालमा हालसम्म बालबालिकाकै उपचार गरिने गरी कान्ति बाल अस्पताल मात्रै सञ्चालनमा रहेको छ ।
सम्बन्धित
प्रतिक्रिया