सोमबार, चैत ३०, २०८२

मन्त्रीहरुलाई लक्षित गर्दै हर्क साम्पाङ भन्छन् : ‘स्रोतबिनाको सम्पत्ति त घुमाइफिराइ भ्रष्टाचार नै हो ’

मेरोन्यूज २०८२ चैत ३० गते १०:०६

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई साम्पाङले सरकारमा रहेका सबैको सार्वजनिक भएको सम्पत्तिको स्रोत पनि खुलाउन माग गरेका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

उनले आज बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत सरकारमा रहेका मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको सन्दर्भमा स्रोतबिनाको सम्पत्ति घुमाइफिराइ भ्रष्टाचार गरेको भन्ने नै बुझिने हुँदा स्रोत खुलाउन माग गरेका हुन् ।साम्पाङले सरकारमा रहेका व्यक्तिहरूको सम्पत्ति कति छ भन्ने विवरण आए पनि त्यो कसरी आर्जन गरियो भन्ने कुरा प्रष्ट नभएको बताएका छन्।

उनले लेखेका छन्– ‘सरकारमा रहेका सबैको सम्पत्ति यति उति भन्ने आयो ! अब त्यसको स्रोत पनि खुलाइदिए राम्रो ! स्रोत बिनाको सम्पत्ति त फेरि घुमाइफिराइ भ्रष्टाचार गरेको भन्ने नै बुझिन्छ ! स्रोत प्रष्टाइदिनु पर्छ ! जय देश !’

प्रतिक्रिया