शरीरमा आगो लागेर मृत्यु घटनामा थप दुई जना पक्राउ

नेपालगन्ज । बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१२, कोरियनपुरमा शरीरमा आगो लागेर मृत्यु भएकी २२ वर्षीया सिर्जना बुढामगरको घटनापछि फरार रहेका थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रमेश विष्टले भारतीय प्रहरीको सहयोगमा उनीहरुलाई पक्राउ गर्न सफल भएको जानकारी दिए। उनका अनुसार पक्राउ पर्नेमा नेपालगन्ज उपमहानगरपालिका–१२ निवासी ५० वर्षीय रहमद ढपाली र उनका छोरा २१ वर्षीय मोहम्मद आदिल ढपाली रहेका छन् ।
यसअघि सो घटनामा संलग्न रहेको भन्ने पीडित पक्षको किटानी जाहेरीका आधारमा मोहम्मद आरिफ ढपाली, उनकी आमा र दिदीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । हाल पक्राउ परेका रहमद ढपाली मोहम्मदकै बुबा हुन् ।
बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१२, कोरियनपुरमा गत चैत २३ गते शरीरमा आगो लागेर मृत्यु भएकी २२ वर्षीया सिर्जना बुढामगरको घटनाबारे छानबिन गर्न प्रहरीले अनुसन्धान टोलीसमेत गठन गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक दीपक पातलीको नेतृत्वमा पाँच सदस्यीय अनुसन्धान टोली गठन भएको थियो । उनीहरु पक्राउ परेसँगै सो घटनामा पक्राउ हुनेको सङ्ख्या पाँच पुगेको छ ।


















नयाँ वर्षमा मस्त झुम्यो पोखरा
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
पचपन्न हाते लामो लिङ्गो ढाल्ने जात्रा सम्पन्न
‘भेहिकल फ्री असन’ वैशाख ५ गतेदेखि सुरु हुने
टर्कीमा विद्यार्थीले अन्धाधुन्ध गोली चलाउँदा १६ घाइते
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
अमेरिकी उपराष्ट्रपति भान्सले भने- इरानसँगको वार्ता असफल भयो, अमेरिका फर्कँदैछु
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
हर्मुज घाँटीमा छिट्टै ‘नौसैनिक नाकाबन्दी’ सुरु गर्न राष्ट्रपति ट्रम्पको निर्देशन
पिर्के सलामी नलिने गृहमन्त्रीको घोषणा
प्रतिक्रिया