मधेश प्रदेशमा जुडशीतल पर्व मनाइँदै

महोत्तरी- मधेश प्रदेशमा मनाइने जुडशीतल पर्वको दोस्रो दिन आज मान्यजनबाट आशीर्वादस्वरुप जलसेचन लिइँदैछ । वैशाख सङ्क्रान्तिसँगै सुरु हुने दुईदिने जुडशीतल पर्वमा शीतलताको प्रतीकस्वरुप मान्यजनबाट शिरमा जलसेचन लिने पुरानो परम्परा हो । यसअघि वैशाख सङ्क्रान्तिका दिन जुडशीतल पर्वको पहिलो दिन मैथिलले ‘सतुवाइन’ विधि मङ्गलबार नै सम्पन्न गरिसकेका छन् ।
पर्वको दोसो दिन आज बढ्दो गर्मीको रापबीच जीवनमा शीतलताको कामना गर्दै ‘जुडशीतल’ मनाइन्छ । विक्रम संवत् परम्पराको नयाँ वर्ष सुरु भएको अवसरमा पहिलो दिन ‘सतुवाइन’ विधिबाट सुरु हुने यो पर्वमा दोस्रो दिन घरपरिवारका श्रेष्ठजनले आपूmभन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्यता, शीतलता र दीर्घजीवनको आशीर्वाद दिने गर्छन् । पहिलो दिन वैशाख सङ्क्रान्तिमा जाँै, चनाको सातु, चिसो पानीमा बनेको सर्वत खाए, पिएर ‘सतुवाइन’ मनाइन्छ । नयाँ वर्र्षले आरोग्य जीवन देओस् भन्ने पर्वको मुख्य सन्देश रहेको पाका मैथिल बताउँछन् ।
गर्मी मौसमको यस पर्वमा चना, मुँग र कँगनोसहितको सातु पहिलो दिन इष्टदेवलाई चढाएर खाने चलन छ । यसैगरी दोस्रो दिन आज चना र मुँगकै दाल, यिनको पीठोको बेसनमा काँचो केरा, लौका र परवलको तरुवा, सोहिजन (मुन्गा)को तरकारी, बदामको पीठोबाट बनाइएको बरी र दही मथेर करी (कढी) पकाएर खाइने मैथिल परम्परा छ । यसै परम्पराअनुसार आज घरघरमा पर्वका लागि विभिन्न परिकार बनाइँदै छन् ।
गर्मीयाममा खाइने परिकारबारे सचेतना बढाउन पूर्वजले यो पर्व परम्परा बसालेका हुनसक्ने मटिहानीस्थित राजकीय संस्कृत माध्यमिक विद्यालयका कर्मकाण्ड विषयका शिक्षक शोभाकान्त झा बताउनुहुन्छ । सहकालको प्रतीक मानिने यस पर्वको दोसो दिन वर्षभरि अनुकूल वर्षाको कामना गर्दै समवयीबीच धुलो माटो र हिलो खेल्ने चलन पनि छ ।
यो खेलमा किशोर र युवा देखिन्छन् । यसै दिन आफ्ना खेतबारीका रुख बिरुवामा पानी सिञ्चित गरेर कहिल्यै आवश्यक चिस्यानको कमी नहोस् भन्ने कामना गरिन्छ ।
जुडशीतलका अवसरमा घरमुली आफ्नो बगैँचामा डुल्छन् । यसरी यो पर्वमा आफ्ना बगैँचाका रुख, बिरुवा नजिकबाट नियालेर सहलाउँदा र सिञ्चित गरिँदा कहिल्यै खडेरीको चपेटामा परेर नमर्ने मैथिल जनविश्वास छ । मिथिलामा सबै जाति समुदायले मनाउने यो पर्वको आपसी सद्भाव, हेलमेल र सहकार्य मुख्य सन्देस रहेको मानिन्छ । पर्वमा इष्टमित्र र आफन्तबीच सहभोज आयोजना हुँदै आएको छ ।

















भारतको बिहार राज्यमा नयाँ नेतृत्व, मुख्यमन्त्रीमा सम्राट चौधरी
शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेट
चीन–रुस सम्बन्ध ‘बहुमूल्य’ : सी जिनपिङ
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
वार्ता असफल भएसँगै विश्वबजारमा अत्याधिक बढ्न थाल्यो तेलको मुल्य
पिर्के सलामी नलिने गृहमन्त्रीको घोषणा
प्रतिक्रिया