स्वास्थ्य मन्त्रालयको प्रवक्ता रहेका डा गौतम काेभिड-१९ युनिफाइड अस्पतालकाे प्रमुख प्रशासकीय अधिकारी नियुक्त
मेरोन्यूज
२०७८ जेठ १० गते १८:२०

काठमाडौं । कोभिड–१९ नियन्त्रण र उपचारका लागि बनाइएको कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)को कमाण्डरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतम नियुक्त भएका छन् ।
सोमबार मन्त्रिस्तरीय निर्णयबाट डा गौतमलाई युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकारीमा नियुक्त गरिएको मन्त्रालयका प्रशासन प्रमुख दामोदर रेग्मीले जानकारी दिए ।
नवनियुक्त प्रशासकीय अधिकारी डा गौतमले भोलिदेखि नै कार्यभार सम्हाल्ने छन् । वीर अस्पतालकाे सेवालाई सुधारे र काेराेना महामारीविरूद्ध शसक्त ढंगले लड्ने बताए ।
डा गौतम र इन्सिडेन्ट कमाण्ड सिष्टमका प्रमुख डा गुणराज लोहनी युनिफाइड अस्पतालको प्रमुख प्रशासकीय अधिकारीका मुख्य दाबेदारका मानिएका थिए । डा गौतम स्वास्थ्य मन्त्रालयको ११ औं तहका वरिष्ठ अधिकारीका साथै वरिष्ठ चिकित्सक हुन् ।
सम्बन्धित
















स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
सेना, कर्मचारी र अन्तर्राष्ट्रिय समुदायसँग हाम्रो सम्बन्ध मित्रवत नै छ : एमाले
एमालेले दियो प्रधानमन्त्री बालेनलाई औपचारिक बधाई
इरानद्वारा दोस्रो अमेरिकी एफ-३५ लडाकू विमान खसालेको दाबी
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
संसद् सचिवालयमा सर्वदलीय बैठक
आजको मौसमःपहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
प्रतिक्रिया