सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु

सन् २०२५ मा समुद्री मार्गबाट भाग्ने क्रममा नौ सय रोहिंग्या शरणार्थीहरूको मृत्यु भएको संयुक्त राष्ट्रसङ्ले जनाएको छ ।
सन् २०२५ मा अन्डमान सागर र बङ्गालको खाडीमा रोहिंग्या शरणार्थी वोकेका जहाजह दुर्घटना हुदाँ उनीहरुको मृत्यु भएको संयुक्त राष्ट्र शरणार्थी एजेन्सीका प्रवक्ता बाबर बलोचले जेनेभामा पत्रकार सम्मेलनमा बताएका छन् ।
युएनएचसीआरको तथ्याङ्कअनुसार यो यस क्षेत्रका लागि सबैभन्दा घातक वर्ष सन् २०२५ रहेको उनले बताएका छन् ।
उनले गत वर्ष खतरनाक समुद्री पार गर्ने प्रयास गरेका छ हजार ५०० भन्दा बढी रोहिंग्याहरूमा हरेक सातमध्ये एक जना बेपत्ता भएकोे रिपोर्ट गरिएको उल्लेख गरेका छन् ।
रोहिंग्याहरूले हरेक वर्ष सहज जीवन यापनको खोजीमा खतरनाक समुद्री यात्रा गर्दा मानव बेचबिखन नेटवर्कहरूद्वारा सञ्चालित डुङ्गाहरूमा यात्रा गर्ने गरेको जनाइएको छ ।
अधिकांश रोहिंग्या शरणार्थीहरू अनुमति दिए पछि स्वेच्छिक, सम्मानजनक र सुरक्षितरुपमा म्यानमार फर्कन चाहेको उनले बताएका छन् ।
यसैबीच, कोषको अभावले बङ्गलादेशमा मानवीय सहायतामा कमी आउदा शिविरहरूमा असुरक्षा र शिक्षा र जीविकोपार्जनमा सीमित पहुँचले शरणार्थीहरूलाई खतरर तिर धकेलेको उनले बताएका छन् ।
युएनएचसीआरको तथ्याङ्कअनुसार हालैका वर्षहरूमा त्यस्ता सिमाहरू गर्ने प्रयास गर्नेहरूमध्ये आधाभन्दा बढी महिला र बालबालिका थिए ।
केहि दिन अघि अन्डमान सागरमा करिब २८० रोहिंग्या शरणार्थी र बङ्गलादेशी आप्रवासी बोकेको डुङ्गा दुर्घटना भएको खबर सार्वजनिक भएको केही दिनपछि उनको टिप्पणी आएको हो ।
बङ्गलादेशी अधिकारीहरूले नौ जनालाई उद्धार गरिएको बताएका छन् ।
जहाज दुर्घटना हुँदा “अनुमानित २५० जना बेपत्ता“ भएको उनले बताएका छन् ।


















मौसम पूर्वानुमान:कस्तो रहला आज देशभरको मौसम ?
ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
प्रतिक्रिया