भारतीय भेरियेन्टविरुद्ध फाइजर र एस्ट्राजेनेका खोप प्रभावकारी

काठमाडौं । अमेरिकाको फाइजर र अक्स्फोर्ड एस्ट्राजेनेकाको उत्पादन गरेको खोप भारतमा उत्पन्न भेरियेन्ट विरुद्ध उच्च रुपमा प्रभावकारी रहेको नयाँ अध्ययनले देखाएको छ । यी खोपहरुको दुई डोज लगाएपछि त्यसले भेरियेन्ट विरुद्ध काम गर्न सक्ने नयाँ अध्ययनले देखाएको हो ।
‘पब्लिक हेल्थ इङ्ल्यान्ड’ का अनुसार ती खोपको प्रयोग गर्नुले संक्रमितलाई गम्भीर बिरामी भई अस्पताल भर्ना हुनबाट र मृत्युबाट जोगाउने देखाएको छ । बेलायती स्वास्थ्य सचिव म्याट हेनककले खोपले नै महामारीबाट सबैलाई बाहिर निकाल्न सक्ने बताउँछन् । यसमा खोपको दुवै डोज लगाउन महत्वपूर्ण भएको बताए ।
अमेरिकाको फाइजर खोप, दोस्रो डोजको दुई हप्तापछि भारतीय भेरियेन्टबाट उत्पन्न लक्षणजन्य रोग विरुद्ध ८८ प्रतिशत प्रभावकारी मानिएको छ । यता बेलायतमा फेला परेको भेरियेन्टबाट चाहिँ यसले ९३ प्रतिशत सुरक्षा दिलाउने बताइएको छ ।
त्यस्तै एस्ट्राजेनेका खोप पनि भारतीय भेरियेन्ट विरुद्ध ६० प्रतिशत प्रभावकारी पुष्टि भएको छ । पीएचइका अनुसार एस्ट्राजेनेका खोपलाई अधिकतम प्रभावकारीताको बिन्दुसम्म पुग्न केही लामो समय लाग्ने गर्दछ । नयाँ भेरियेन्टले खोपलाई छल्न सक्ने क्षमता थोरै स्तरमा वृद्धि हुनुले पनि यसको संक्रमकता सम्बन्धी ठूलो चिन्ता उत्पन्न गराएको छ ।
नेपालमा पनि पछिल्ला समय भारतिय भेरियेन्ट तिब्र रुपमा फैलिएको छ । जसले गर्दा सिकिस्त हुने बिरामीको संख्यामा पनि बृद्धि भएको बिज्ञहरु बताउँछन् । बिबिसी

















नेपाल–भारत आर्थिक सहकार्यलाई थप सहज र परिणाममुखी बनाउनुपर्छ : अध्यक्ष ढकाल
प्रधानमन्त्री कार्कीद्वारा मायादेवी मन्दिरको दर्शन
सम्बोधनअघिको दबाबमा ट्रम्प
निष्पक्ष र शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गराउन प्रधानमन्त्री कार्कीको निर्देशन
चुनावी घोषणापत्रमा शिक्षाः लगानी वृद्धि र नयाँ शिक्षा ऐन प्राथमिकतामा
रूसले कब्जा गरेको युक्रेनी भूभागका बिषयले राेक्याे सम्झौता
धनगढी पुगेर बालेनले भने – भोट होइन, काम माग्न आएका हाैं
फागुन ७ गते बिहीबारकाे राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
पाँच स्थानीय तहमा ‘सामुदायिक नर्सिङ तथा घरदैलो’ कार्यक्रम प्रभावकारी
विश्व क्रिकेटको टी-२० वरियतामा दीपेन्द्रको छलाङ: चौथो स्थानमा उक्लिए
प्रतिक्रिया