ज्योति विकास बैंकद्वारा देशव्यापी १७ सय वृक्षारोपण

काठमाडौँ । ज्योति विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत स्थापना गरेको “हाम्रो विकास प्रवद्र्धन कोष” मार्फत देशका सातै प्रदेशमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।
बैंकले विभिन्न स्थानमा कार्यक्रम आयोजना गर्दै कुल १७०० वटा बिरुवा रोपेको हो, जसअन्तर्गत प्रत्येक प्रदेशमा करिब २५० वटा बिरुवा रोपिएको जनाएको छ ।
यस अभियानमार्फत वातावरणीय सन्तुलन कायम राख्ने, हरियाली विस्तार गर्ने, स्वच्छ वातावरण संरक्षण गर्ने तथा जनस्वास्थ्यप्रति सचेतना बढाउने लक्ष्य राखिएको बैंकले जनाएको छ । रोपिएका बिरुवाले दीर्घकालमा स्वच्छ हावा, पारिस्थितिक सन्तुलन र दिगो जीवनशैली प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास गरिएको छ ।
बैंकले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा लुम्बिनी वल्र्ड पिस फोरमसँग सहकार्य गरी वृक्षारोपण गर्ने घोषणा गरेको थियो, जसअनुसार कार्यक्रम सफलतापूर्वक कार्यान्वयन गरिएको हो। आगामी दिनमा पनि यस्ता सामाजिक पहललाई निरन्तरता दिने प्रतिबद्धता बैंकले जनाएको छ।
हाल बैंकले उपत्यका तथा बाहिर गरी ११७ शाखा कार्यालय, ३ विस्तारित काउन्टर र ७५ वटा एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ ।















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
प्रतिक्रिया