कूटनीतिक राहदानी दुरुपयोग रोक्न कडाइ गर्ने दलहरूको सहमति

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालको उपस्थितिमा प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका सबै दलका प्रमुख सचेतक, सचेतक तथा प्रतिनिधिबीच आज भएको छलफलले कूटनीतिक राहदानीको दुरुपयोग रोक्न कडाइ गर्ने निर्णय गरेको छ ।
साथै छलफलले कूटनीतिक राहदानी सिफारिस तथा प्रयोगमा तत्कालका लागि विद्यमान कानुन कडाइका साथ पालना गर्ने र दीर्घकालीन रूपमा आवश्यक संशोधनतर्फ अघि बढ्ने निष्कर्ष निकालेको छ ।
सभामुख अर्यालले विगतमा सांसदहरूबाट कूटनीतिक राहदानीको दुरुपयोग भएको सन्दर्भ कोट्याउँदै कूटनीतिक राहदानीको दुरुपयोग रोक्न कडाइ गर्नुपर्नेमा जोड दिए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले हालको कानुनी व्यवस्थाअनुसार नै राहदानी प्रयोग गर्नुपर्ने बताए । नेपाली कांग्रेसका सांसद योगेश गौचन थकालीले सांसदहरूलाई सुविधा मात्र नभई क्षमता अभिवृद्धिमा पनि ध्यान दिनुपर्ने धारणा राखे ।
नेकपा ९एमाले० का सांसद गुरुप्रसाद बरालले राहदानी दुरुपयोगका कारण देश बदनाम भएको भन्दै यसको ऐतिहासिक पृष्ठभूमि र नीतिगत आधारबारे पुनरावलोकन आवश्यक भएको बताए । नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले कूटनीतिक राहदानीको प्रयोगमा कडाइ गर्नुपर्ने र विशेषगरी विभिन्न उच्चस्तरीय प्रतिनिधिमण्डलमा संलग्न व्यक्तिहरूमार्फत हुने दुरुपयोग रोक्नुपर्ने बताए ।
अन्य दलका प्रतिनिधिहरूले पनि पार्टीभित्र थप छलफल, परामर्श तथा अन्तरराष्ट्रिय अभ्यास अध्ययन गरेर मात्र दीर्घकालीन निष्कर्षमा पुग्नुपर्ने बताएको सभामुख अर्यालको सचिवालयले जनाएको छ ।
सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेले सरकारी काममा कूटनीतिक र निजी भ्रमणमा साधारण राहदानी प्रयोग गर्न कुनै जटिलता नभएको बताए ।
परराष्ट्र सचिव अमृत राईले राहदानी ऐन, २०७६ र नियमावली २०७७ अनुसार सरकारी वा विशेष कामका लागि मात्र कूटनीतिक राहदानी जारी गरिने स्पष्ट पार्दै प्रवेशाज्ञा प्राप्तिमा देखिने व्यावहारिक समस्या समाधानका उपाय खोज्नुपर्ने बताए ।















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
यूएईसँगको खेलमा नेपाल पराजित
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
प्रतिक्रिया