भानुआतुले नेपाललाई दियो ९८ रनको लक्ष्य
मेरोन्यूज
२०८३ वैशाख ११ गते १५:०६

काठमाडौँ । आइसिसी महिला टि–२० च्यालेन्ज ट्रफीमा भानुआतुले नेपाललाई ९८ रनको लक्ष्य दिएको छ ।
रुवाण्डाको किगालीस्थित गहङ्गा क्रिकेट ओभलमा मैदानमा जारी खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको भानुआतुले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै ९७ रनको योगफल बनाएको हो ।
भानुआतुका लागि भालेन्टा लाङ्गियातुले सर्वाधिक ४२ रनको योगदान दिइन् । उनले ५० बलमा दुई चौका र दुई छक्काको सहयोगमा ४२ रन बनाउँदै उत्कृष्ट प्रदर्शन गरिन् । नासिमाना नवाइकाले १८ रन बनाइन् भने सेलिना सोलमन र सुसन स्टिफनले समान १०–१० रन जोडिन् ।
बलिङतर्फ नेपालका लागि रिया शर्माले उत्कृष्ट बलिङ गर्दै चार ओभरमा ११ रन खर्चेर दुई विकेट लिइन् । त्यस्तै मनिषा उपाध्याय, कविता कुँवर र रचनाकुमारी चौधरीले समान एक–एक विकेट लिइन् । नेपाल अहिले जवाफी ब्याटिङ उत्रेको छ ।
सम्बन्धित
















तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
संसदका दुवै सदनको अधिवेशन आह्वान
विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापाले सम्बोधन गर्ने
प्रतिक्रिया