अतिक्रमणकारी र सुकुम्बासी छुट्याउने छौँ : प्रधानमन्त्री शाह

काठमाडाैं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले अतिक्रमणकारी र वास्तविक सुकुम्बासी छुट्याउने बताएका छन् ।
शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै प्रधानमन्त्री शाहले यस्ताे बताएका हुन् । उनले अतिक्रमणकारी र सुकुम्बासी छुट्याउने र देशभरका वास्तविक सुकुम्बासीका लागि प्रक्रिया पुर्याएर यथाशक्य चाँडो जग्गा वितरण गर्ने बताए ।
‘काठमाडौंका खोलाकिनार बाहेक अरू हजारौँ परिवार छन्, जो वास्तवमै पीडित छन् । अनि देशभर लाखौँ सुकुम्वासी छन् । त्यहाँको र यहाँको समस्या विल्कुलै फरक हो । हामी सरकारमा छौँ । अतिक्रमणकारी र सुकुम्बासी छुट्याउने नै छौँ,’ प्रधानमन्त्रीले लेखेका छन् ।
सकुम्बासी व्यवस्थापन र सरकारी जग्गा अतिक्रमण तथा कब्जा रोक्ने गरेको वाचा आफूले नबिर्सिएको भन्दै उनले त्यसलाई पुरा गर्न आन्तरिक रुपमा काम गरिरहेको बताएका छन्।
प्रधानमन्त्री शाहले थापाथली, गैरीगाउँ, मनोहरालगायत काठमाडौँका खोला किनारमा जोखिमपूर्ण अवस्थामा रहेकाहरूलाई बल प्रयोग नगरी, मानवीयतालाई ख्याल गर्दै सुरक्षित रूपमा स्थानान्तरण गर्न लागिएको उल्लेख गरेका छन्।
नदी र खोला किनारमा रहेका यस्ता बस्तीहरूका कारण ढल निकास प्रणाली निर्माणमा अवरोध पुग्दा उपत्यका नै फोहोर र नदीखोलाहरू दुर्गन्धित भइरहेको उनको भनाइ छ।
















तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
संसदका दुवै सदनको अधिवेशन आह्वान
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
प्रतिक्रिया